फोनपेमार्फत भारतीयले अब नेपालमा सिधै किनमेल भुक्तानी गर्न सक्ने

  • Technology Khabar | २५ माघ २०७९, बुधबार
फोनपेमार्फत भारतीयले अब नेपालमा सिधै किनमेल भुक्तानी गर्न सक्ने

काठमाडौं ।

भारतीय फिनटेक कम्पनी फोनपेले आफ्ना प्रयोगकर्तालाई विदेशमा भुक्तानी गर्नका लागि नयाँ सेवा ल्याएको छ।

मंगलबार पेमेन्ट एपले फोनका प्रयोगकर्ताले नेपालसहित युनाइटेड अरब इमिरेट्स, सिंगापुरलगायत पाँच देशका अन्तर्राष्ट्रिय आउटलेटहरूमा युनिफाइड पेमेन्ट इन्टरफेस प्रणाली प्रयोग गरी भुक्तानी गर्न सक्ने बताएको छ।

कम्पनीले एक विज्ञप्तिमा फोनपे प्रयोगकर्ताहरूले आफ्नो भारतीय बैंकबाट सिधै विदेशी मुद्रामा भुक्तानी गर्न सक्ने बताएको छ। यो भुक्तानी अन्तर्राष्ट्रिय डेबिट कार्डबाट गरिए जस्तै गरी गर्न सक्नेछन्। डिजिटल भुक्तानी सुविधा प्रदान गर्ने कम्पनीले हाल यो सेवा पाँच देशका लागि ल्याएको छ।

फोनपेले नेपाल, यूएई, सिंगापुर, मौरिसस र भुटानमा अन्तर्राष्ट्रिय भुक्तानी सेवा लागू गरेको छ। यो सेवा सबै अन्तर्राष्ट्रिय व्यापारी आउटलेटहरूको क्यूआर कोड हो। फोनपे(PhonePe) भारतमा यो सुविधा लन्च गर्ने पहिलो फिनटेक एप हो। कम्पनीको भारतमा ४३ करोड ५० लाख भन्दा बढी दर्ता प्रयोगकर्ताहरू छन्।

भारतबाट कोहि नेपाल आएमा वा अन्य देश गएमा भुक्तानीका लागि सोही देशको मुद्रा प्रयोग गर्नुपर्ने भए पनि अब फोनपेको ‘यूपीआई इन्टरनेशनल’ सेवा प्रयोग गरेर पाँचओटा देशमा भुक्तानी गर्न सकिनेछ। यसका लागि भारतीय मुद्रा परिवर्तन गर्नुपर्दैन।

फोनपेका सीटीओ तथा सह-संस्थापक राहुल चरीले आगामी दिनमा यो सेवा अन्य देशहरूमा पनि बिस्तार गरिने बताए। कम्पनीले यसलाई थप देशहरूमा ल्याउने योजना बनाएको छ।

यदि कुनै भारतीय यूएई, सिंगापुर, मौरिसस, नेपाल र भुटान भ्रमणमा छन भने, फोनपेको यूपीआई अन्तर्राष्ट्रिय सेवा मार्फत सजिलै सामान तथा सेवाहरु किन्न सक्नेछन्। विदेशी मुद्रा नभए पनि आफ्नो सुविधा अनुसार सामान किन्न सकिने कम्पनीले जनाएको छ। जसले भारतीय पर्यटकहरुलाई सजिलो हुने बताईएको छ।

प्रकाशित: २५ माघ २०७९, बुधबार

तपाइको प्रतिक्रिया
Loading comments...

ताजा समाचार