आफ्नै केटी साथीको नाममा फेक आईडी खोली आर्थिक कारोबार गर्ने युवती पक्राउ

  • Technology Khabar | २५ माघ २०७९, बुधबार
आफ्नै केटी साथीको नाममा फेक आईडी खोली आर्थिक कारोबार गर्ने युवती पक्राउ
सांकेतिक तस्विर

काठमाडौं ।

आफ्नै केटी साथीको नामा फेक आईडी खोली आर्थिक कारोबार गर्ने युवती पक्राउ परेकी छिन्। सुनसरी रामधुनी गाउँपालिका वडा नं. ४ घर भाई हाल काठमाडौं नयाँ वस्ती बस्ने वर्ष की युनिसा भन्ने स्वस्तिका श्रेष्ठलाई पक्राउ गरिएको हो।

उनलाई माघ २४ गते पक्राउ गरी विद्युतीय कारोबार कसूर अन्तर्गत आवश्यक अनुसन्धान एवं कारबाहीको लागि नेपाल प्रहरी प्रधान कार्यालय, साईबर ब्यूरो भोटाहिटी पठाइएको काठमाडौं उपत्यका अपराध अनुसन्धान कार्यालयका सूचना अधिकृत तथा प्हरी उपरीक्षक सोभेन्द्र सिंह राठौरले जनाकारी दिए।

फेसबुक, इन्ट्राग्राम लगायत सामाजिक सञ्जालहरुको दुरुपयोग गरी अष्ट्रेलियामा रहेकी केटी साथनीको नाममा श्रेष्ठले फेसबुक एकाउन्ट बनाएकी थिइन्। साथीको फोटो, स्ट्याटस पोष्ट गर्नेर साथी बनाउने गरिएको प्रहरीको अनुसन्धानमा देखिएको छ।

साथी बनेका केटीहरुलाई म्यासेन्जर मार्फत विभिन्न बहान बनाई समस्या देखाई उनीहरुसँग केही समयका लागि बैंक तथा ईसेवा वालेटहरुमा रकम पठाउन लगाई आर्थिक कारोबार गर्ने खुलेको प्रहरीले जानकारी दिएको छ।

प्रकाशित: २५ माघ २०७९, बुधबार

तपाइको प्रतिक्रिया
Loading comments...