एनसेलको साइबर सुरक्षासम्बन्धी जनचेतनामूलक भिडियो सिरिज सार्वजनिक

  • Technology Khabar | २५ माघ २०७९, बुधबार
एनसेलको साइबर सुरक्षासम्बन्धी जनचेतनामूलक भिडियो सिरिज सार्वजनिक
क्यान इन्फोटेक २०२३ मा राखिएको एनसेलको स्टल। फाइल तस्विर: टेक्नोलोजीखबर

काठमाडौं ।

सुरक्षित इन्टरनेट दिवस २०२३ को अवसर पारेर एनसेलले मंगलबारबाट साइबर सुरक्षासम्बन्धी जनचेतनामूलक भिडियो सिरिज सुरू गरेको छ।

कम्पनीले ‘मेरो इन्टरनेट, मेरो साइबर सुरक्षा’ अभियान अन्तर्गत नेपाल दूरसञ्चार प्राधिकरणको समेत सहयोगमा इन्टरनेट र साइबर सुरक्षा भिडियो सिरिज सुरू गरेको हो।

इन्टरनेट सेवाको प्रयोगकर्ता बढिरहेको हालको अवस्थामा यो भिडियो सिरिजले प्रयोगकर्तालाई अनलाइनमा कसरी सुरक्षित रहने भन्नेबारे जानकारी दिने कम्पनीको भनाइ छ।

इन्टरनेट सुरक्षा, साइबर बुलिङ, फिसिङ, डेटा गोपनीयता लगायत साइबर सुरक्षाका पछिल्ला समस्या बारे केन्द्रीत हुनेछन्।

एनसेलले ‘मेरो इन्टरनेट, मेरो साइबर सुरक्षा’ अभियान गत वर्षदेखि सुरू भएको हो।

यो कार्यक्रम अन्तर्गत बनाएका जनचेतनामुलक भिडियो सामाग्रीहरू श्रृंखलाबद्ध रूपमा एनसेलका सामाजिक सञ्जालमा उपलब्ध जानकारी दिएको छ।

यस सिरिज अन्तर्गतको पहिलो भिडियो सेफर इन्टरनेट डेको अवसर पारेर मंगलबार सार्वजनिक भएको छ।

तपाईँले पनि एनसेलको युट्युब च्यानलमा वा फेसबुक पेजमा भिडियो हेर्न सक्नुहुनेछ।

प्रकाशित: २५ माघ २०७९, बुधबार

तपाइको प्रतिक्रिया
Loading comments...