वानप्लसको पहिलो ट्याबलेट ‘प्याड’ सार्वजनिक

  • Technology Khabar | २५ माघ २०७९, बुधबार

काठमाडौं ।

वानप्लसले आफ्नो पहिलो ट्याबलेट ‘प्याड’ सार्वजनिक गरेको  छ। प्रिमियम ट्याब्लेट सेगमेन्ट अन्तर्गतको उक्त नयाँ ट्याब्लेटमा डाइमेन्सिटी ९००० चिपसेट, ८ जीबीको र्याम र १२८ जीबी यूएफएस ३.१ स्टोरेज समावेश गरिएको छ। साथै नयाँ ट्याबलेटको डिजाइन निकै नै भिन्न रहेको र त्यसले गर्दा यस ट्याब्लेटलाई अन्य मेकर्सहरुको स्लेटबाट सहज तवरमै चिन्न सकिन्छ।

वानप्लस प्याडमा असामान्य ७ः५ एस्पेक्ट डिस्प्ले (३ः२ र ४ः३ बिचको एस्पेक्ट सिटिङ) समावेश गरिएको छ। साथै उक्त ११.६१–इन्चको २८००x२०००पीएक्स आईपीएक्स एलसीडीमा १४४ हर्ज सम्मको भेरीएबल रिफ्रेस रेट रहेको थप उल्लेख गरिएको छ।

त्यसैगरी सो प्यानल ५०० निट्स सम्म पुग्ने र १४००ः१ को सोलिड कन्ट्रास्ट प्रदान गर्ने उल्लेख गरिएको छ। पातलो बेजेल्सले ८८.१४  प्रतिशतको स्क्रिन–टु–बडी (रेसियो) अनुपातको लागि अनुमति दिने वनप्लसले बताएको उल्लेख गरिएको छ।प्याडको पछाडिको भागमा रहेको १३ मेगापिक्सेलको क्यामराले ४के भिडियो शूट गर्न सक्षम रहेको छ। त्यसैगरी ८ मेगापिक्सेलको फ्रन्ट क्यामराले १०८०पी भिडियो खिच्ने उल्लेख गरिएको छ।

वानप्लसको उक्त प्याडको हरेक कुना गरि कुल चारओटा स्पिकर्सहरु समावेश गरिएको बताइएको छ भने सो स्पिकर्सहरुले डल्बी एटमस सपोर्ट गर्ने पनि उल्लेख गरिएको छ। साथै डिस्प्लेले डल्बी भिजनलाई सपोर्ट गर्नेछ।

वानप्लसको प्याडमा ९,५१० एमएएचको ब्याट्री समावेश गरिएको छ। उक्त ब्याट्रीे साढे १४ घण्टा भिडियो स्ट्रिमिङ गर्न सक्षम रहेको र स्ट्यान्डबाइ रहेको अवस्थामा भने १ महिना सम्म टिक्ने उल्लेख गरिएको छ। साथै ६७ वाटको सुपरभीओओसी गतिमा उक्त ब्याट्री रिचार्ज हुने र ८० मिनेटमा फुल चार्ज हुने जानकारी उल्लेख गरिएको छ।

वानप्लसले प्याड र वानप्लस स्मार्टफोनहरू बीच सिमलेस ट्रान्जिसनहरू प्रदान गर्ने उललेख गरिएको छ। साथै वानप्लसले ट्याब्लेटको लागि इन्टरनेट पहुँचको लागि फोनको नेटवर्क कनेक्सन प्रयोग गर्ने विकल्प पनि प्रदान गर्नेछ।

वानप्लस प्याड वानप्लस ११ सँग मेल खाने हलो ग्रीन रङ्गका उपलब्ध  छ।त्यसैगरी म्याग्नेटिक किबोर्ड, फोलियो केस, र वानप्लस स्टाइलो (प्याडमा नोट लिन र चित्र बनाउनको लागि प्रयोग हुने स्टाइलस) जस्ता एक्सेसोरीजहरु अतिरिक्त किन्न सकिन्छ।

वानप्लस प्याड आगामी अप्रिल महिनादेखि युरोप, भारत र उत्तर अमेरिकामा प्रि–अर्डरको लागि उपलब्ध हुनेछ। यद्यपी उक्त वानप्लस प्याडको हालसम्म मूल्यको बारेमा कुनै जानकारी उपलब्ध नभएको उललेख गरिएको छ।

प्रकाशित: २५ माघ २०७९, बुधबार

तपाइको प्रतिक्रिया