सामसङ ग्यालेक्सी एस२३ सिरिजले भारतमा प्रि-अर्डर रेकर्ड तोड्यो

  • Technology Khabar | २५ माघ २०७९, बुधबार
सामसङ ग्यालेक्सी एस२३ सिरिजले भारतमा प्रि-अर्डर रेकर्ड तोड्यो

काठमाडौं ।

सामसङले गत हप्ता आफ्नो नयाँ ग्यालेक्सी एस२३ सिरिजको घोषणा गरेको थियो। कम्पनीले भारतमा मूल्य वृद्धिको बावजुद पनि पहिलो २४ घण्टामा करिब १ लाख ४० हजार प्रि-अर्डरहरू प्राप्त गरेको बताइएको छ।

एस२३को उक्त प्रि–अर्डर गत वर्षको ग्यालेक्सी एस२२को प्रि-अर्डरको भन्दा करिब दोब्बर रहेको उल्लेख गरिएको छ। साथै उक्त प्रि-अर्डरले देशमा प्रिमियम उपकरणहरूको लागि कडा माग रहेको भनी देखाएको र साथै सामसङको प्रि-अर्डर डिलहरू र गुडीजहरूको स्केल पनि कम्पनीको पक्षमा गएको बताइएको छ।

सामसङका प्रवक्ताले प्रि-अर्डर वितरणको खुलासा भने नगरेको बताइएको छ। ग्यालेक्सी एस२३ (मेम्बर) सदस्यको औसत बिक्री मूल्य लगभग ९९,००० भारु (१,२०० अमेरिकी डलर) रहेको र त्यसले गर्दा कम्पनीले १६९ मिलियन अमेरिकी डलर राजस्व जम्मा गर्न सक्ने बताइएको छ।

त्यसैगरी सामसङले हालै मात्र भारतमा देशको सबैभन्दा ठूलो एउटा (प्रोडक्सन फ्यासिलिटि) उत्पादन सुविधा खोलेको छ र देशमा बिक्री गरिने ग्यालेक्सी एस२३ सिरिजहरू सबै त्यहीँ एस्म्बल्ड गरिने बताइएको छ।

प्रकाशित: २५ माघ २०७९, बुधबार

तपाइको प्रतिक्रिया
Loading comments...

ताजा समाचार