
काठमाडौं ।
भुक्तानी सेवा प्रदायक प्रदायक वालेटबाट पुसमा १८ अर्ब २६ करोड १० लाख रुपैयाँको कारोबार भएको छ।
पुसमा १ करोड ५९ लाख ६२ हजार ९७ प्रयोगकर्ताले १८ अर्ब २६ करोड १० लाख रुपैयाँ बराबरको कारोबार भएको नेपाल राष्ट्र बैंकले सार्वजनिक गरेको चालु आर्थिक वर्ष २०७९/८० को पुस मसान्तसम्मको देशको वर्तमान आर्थिक तथा वित्तीय स्थितिमा देखिएको हो।
गत मंसिरमा १ करोड ५५ लाख २ हजार १३३ प्रयोगकर्ताले वालेटबाट १७ अर्ब ७३ करोड रुपैयाँ बराबरको कारोबार गरेका थिए।
मंसिरको तुलनामा पुसमा वालेट प्रयोगकर्ताका साथै कारोबार रकम पनि वृद्धि भएको छ।
मंसिरको तुलनामा पुसमा ४ लाख ६० हजार ७७४ प्रयोगकर्ता र कारोबार रकम ५३ करोड १० लाख रुपैयाँले बढेको छ।
प्रकाशित: २४ माघ २०७९, मंगलवार