सामसङ ग्यालेक्सी बड्स२ को अपडेटमा चार्जिङलाई सुधारियो

  • Technology Khabar | २४ माघ २०७९, मंगलवार
सामसङ ग्यालेक्सी बड्स२ को अपडेटमा चार्जिङलाई सुधारियो

काठमाडौं ।

सामसङको ग्यालेक्सी बड्स२ अर्को अपडेटमा रहेको र हालसम्म कम्पनीको गृह बजार कोरियामा रोल आउट भइरहेको बताइएको छ। उक्त नयाँ निर्माणलाई आर१७७एक्सएक्सयू०एडब्लुए३ (R177XXU0AWA3) लेबल गरिएको र अन्य ठाउँहरूमा पनि छिट्टै नै आफ्नो बाटो बनाउने अपेक्षा गरिएको बताइएको छ। सामसङको टीडब्लुएस इयरबडहरूको सामान्य अपडेट सरह रहेको उक्त ३.०६एमबी को अपडेट ग्यालेक्सी वेयरएबल एप मार्फत आफ्नो फोनमा प्राप्त गर्न सकिन्छ।

उक्त अपडेटले इयरबडको चार्जिङ स्ट्याबिलिटिलाई सुधार गरेको र त्यसका साथै सामान्यतया जस्तो केही अज्ञात बगहरू पनि फिक्स गर्न सक्ने दाबी गरिएको छ।

ग्यालेक्सी बड्स२ आएको धेरै लामो समयको भइसकेको हुनाले यस महिनाको सुरुमा सामसङको कार्यक्रमले यसको उत्तराधिकारी भने नल्याएको जीएसएमएरिनाले उल्लेख गरेको छ।

कोरियाली कम्पनीले यस (प्रोडक्ट क्याटेगोरी) उत्पादन वर्गको असंख्य उत्पादनहरू गरेर बाढी नल्याउनको लागि सक्दो प्रयास गरेको भनी बताइएको छ। यद्यपी कुनै बिन्दुमा उक्त बड्सको अपरिहार्य रूपमा उत्तराधिकारी आउने र नयाँ फोल्डेबलहरू लन्च हुने क्रममा रहेको हुनाले अगस्ट–इशमा बाजि लगाइएको बताइएको छ।

प्रकाशित: २४ माघ २०७९, मंगलवार

तपाइको प्रतिक्रिया
Loading comments...