एक्सनोस २४०० चिपसेटमा १०–कोर सीपीयू रहने

  • Technology Khabar | २४ माघ २०७९, मंगलवार
एक्सनोस २४०० चिपसेटमा १०–कोर सीपीयू रहने

काठमाडौं ।

सामसङले गत हप्ता क्वालकमको स्न्यापड्रागन ८ जेन २ चिपसेट समावेश गरि ग्यालेक्सी एस२३ सिरिज अनावरण गरेको थियो। यद्यपी कोरियाली निर्माताले उक्त फ्ल्यागशिपहरूको लागि आफ्नै एक्सनोस प्लेटफर्म लन्च नगरेको र अझै पनि उक्त चिपसेटमा काम गरिरहेको अफवाहहरू फैलिरहेको जीएसएमएरिनामाले उल्लेख गरेको छ।

सामसङ प्रोडक्टस्हरुको सटिक जानकारीको लागि परिचित आईस यूनिभर्सले एक्सनोस २४०० चिपसेट पाइपलाइनामा रहेको खुलासा गरेको छ। उक्त चिपसेटको सीपीयू ओक्टाकोर आर्किटेक्चरबाट मुभअन भएर त्यसमा १० कोरहरु– १x कोरटेक्स–एक्स४ + २x कोरटेक्स–ए७२०(हाईयर फ्रिक्वेन्सी) + ३x कोरटेक्स–ए७२०(लोअर फ्रिक्वेन्सी) + ४ x कोरटेक्स–५२० रहने उल्लेख गरिएको छ।

फोल्डेबलहरूले आफ्नो स्थापनादेखि नै क्वालकम चिपसेटहरू प्रयोग गरेको हुनाले अब उक्त चिपसेट कुन स्मार्टफोनमा समावेश हुने हो भन्ने बारेमा यकिन जानकारी नभएको उल्लेख गरिएको छ। सन् २०२१ मा एस२१ सिरिजको लागि एक्सनोस २१०० आएको र त्यसको एक वर्ष पछि एक्सनोस २२०० ले त्यसलाई पछ्याएको बताइएको छ। त्यसैगरी बाह्र महिना पछि ग्यालेक्सी एस२४ लाइनअपमा एक्सनोस २४०० को अपेक्षा गर्नु उचित रहेको उल्लेख गरिएको छ।

प्रकाशित: २४ माघ २०७९, मंगलवार

तपाइको प्रतिक्रिया
Loading comments...