
काठमाडौं ।
ओला इलेक्ट्रिकले फ्यूचर प्लान अन्तर्गत नयाँ सवारी बजारमा ल्याउने तयारी गरेको छ। ओला इलेक्ट्रिक आगामी फेब्रुअरी ९ मा भारतमा नयाँ इलेक्ट्रिक सवारी सार्वजनिक गर्नेछ। रिपोर्टका अनुसार कम्पनीले ३ इलेक्ट्रिक बाइक प्रस्तुत गर्न सक्छ। कम्पनीले यी सवारी फरक फरक प्राइस रेञ्जमा प्रस्तुत गर्नेछ।
९१मोबाइल्सको रिपोर्ट अनुसार कम्पनीले ओला आउट अफ द वर्ल्ड, ओला परफोमेक्स र ओला रेञ्जर नाम दिइनेछ। यी मध्ये आउट अफ द वर्ल्ड प्रिमियम बाइक हो। फुल चार्जमा १७४ किलोमिटर रेञ्ज प्रदान गर्ने ईबाइकको टप स्पीड १०० किलोमिटर प्रति घण्टा छ। यस मोडल एक भेरियन्ट मात्र उपलब्ध हुनेछ र मूल्य १ लाख ५० हजार भारु तोकिने सम्भावना छ। सेफ्टीका लागि ईबाइमा एडीएएस् प्रविधि छ। यो प्रविधि महँगो कारहरुमा उपलब्ध हुँदै आइरहेको छ।
ओला परफोमेक्स मिड रेञ्जको ईबाइक हुनेछ र यो तीन भेरियन्टमा प्रस्तुत गरिने सम्भावना छ। यस इलेक्ट्रिक बाइकको फरक फरक मोडलको रेञ्ज ९१ किलोमिटर देखि १७४ किलोमिटरसम्म हुनेछ। यसको टप स्पीड ९० देखि ९३ किलोमिटर प्रति घण्टा हुनेछ। यो ईबाइकको मूल्य १ लाख १५ हजारदेखि १ लाख २५ हजार भारुसम्म हुन सक्छ।
ओला रेञ्जर पनि तीन भेरियन्टमा उपलब्ध हुनेछ। यसको रेञ्ज ८० देखि १५३ किलोमिटरसम्म हुनेछ। तीन भेरियन्टमा ९१ किलोमिटर प्रति घण्टाको टप स्पीड पाउन सकिन्छ। ओला रेञ्ज ८५ हजार देखि १ लाख ५ हजार भारुको मूल्यमा बजारमा उपलब्ध हुनेछ।
प्रकाशित: २४ माघ २०७९, मंगलवार