Technology Khabar २४ माघ २०७९, मंगलवार
काठमाडौं ।
इन्टरनेट र स्मार्टफोन हाम्रो दैनिक जिवनको आवश्यकता भइसकेको छ। अहिलेको समयमा इन्टरनेट र स्मार्टफोन बिनाको संसार कल्पना पनि गर्न सकिँदैन। इन्टरनेट र स्मार्टफोनले हाम्रो दैनिकी निकै सहज भएको छ। तर यसको प्रयोगले सहजतासँगै चुनौती पनि थपिँदै गएको छ। जसले गर्दा दैनिक जसो कुनै न कुनै घट्नाहरुको बारेमा हामीले पढ्दै सुन्दै आएका छौं।
प्रयोगकर्ताले इच्छा शक्ति देखाएको खण्डमा इन्टरनेट तथा स्मार्टफोनको प्रयोगलाई सुरक्षित बनाउन सकिन्छ। तर हामीमध्ये धेरैले आफ्नो इन्टरनेट तथा स्मार्टफोनको सुरक्षामा धेरै ध्यान दिने गर्दैनौं।
यदि तपाईँपनि इन्टरनेट प्रयोग सुरक्षित बनाउन चाहनुहुन्छ भने केहि कुरामा ध्यान दिनुपर्ने हुन्छ। यसका लागि तल दिईएका यी विकल्प प्रयोग गर्न सकिन्छ।
पासवर्ड–
कुनै पनि एकाउन्ट सञ्चानका लागि पासवर्डको आवश्यक पर्छ। सकेसम्म अन्य व्यक्तिले सजिलै पत्ता लगाउन सक्ने पासवर्ड राख्नु हुँदैन। पासवर्डलाई सुरक्षित बनाउन किबोर्डमा रहेको स्पेसल क्यारेक्टर, अंक, क्याप्स र स्मल सबैको प्रयोग गर्ने र आफूलाई मात्र सम्झना हुने पासवर्ड राख्ने। प्रत्येक महिना पासवर्ड परिवर्तन गर्ने बानी बसाल्नु पर्छ।
एन्टी भाइरस–
मोबाइल तथा ल्यापटमा एन्टी भाइरस राख्नुपर्छ। समय समयमा एन्टी भाइरसलाई अपडेट र डिभाइस स्क्यान गर्नुपर्छ। यसले तपाईँको डिभाइसमा भएका अनावश्यक र संकास्पद गतिबिधिलाई रोक्ने वा नियन्त्रण गर्दछ।
टु स्टेप अथेन्टिकेशन–
जिमेल लगायत केहि अनलाइन तथा मोबाइल बैंकिङ सेवाले टु स्टेप अथेन्टिकेशन फिचर दिने गरेका छन् । यो फिचरका कारण मोबाइल हराएमा वा चोरी भएमा अरुले एकाउन्टहरु अनलक गर्न सक्दैनन्। किन भने यसमा हरेक समय (ओटिपी) वान टाइम पासवर्ड आउँछ। सकभर एपहरु पनि टु स्टेप अथेन्टिकेशन राखेर चलाउनुपर्छ।
डिभाइस लग–
आफ्नो डिभाइसलाई सुरक्षित बनाउनका लागि फिङगर प्रिन्ट वा पिनको मद्दतले लगइन हुनेगरी राख्नुपर्छ। जसबाट तपाईको गोपनियता र डिभाइसको सुरक्षा हुनेछ।
एप्स इन्स्टलेसन–
कम्प्यूटर वा मोबाइलमा कुनै पनि एप्स इन्स्टल गर्नुभन्दा अगाडि भेरिफाइड पब्लिसरले बनाएको हो कि हैन भनेर बुझ्न आवश्यक छ। त्यसबाहेक ती एप्सले मोबाइलबाट कस्तो खालको सूचना लिन्छन् भनेर पनि हेर्न आवश्यक हुन्छ।
राउटरको सुरक्षा–
यदि तपाईको इन्टरनेटको राउटर सुरक्षित छैन भने ह्याक हुने सम्भावना रहन्छ। राउटर ह्याक भएको खण्डमा राउटरसँग जोडिएको सबै डिभाईसको पासवर्ड सजिलै चोरी हुने सम्भावना रहन्छ। त्यसैले राउटरलाई जतिसक्दो मजबुत बनाउने र पासवर्ड अनावश्यक मानिसलाई पासवर्ड दिनुहुँदैन्।
इमेल, पपअप, अनावश्यक लिङ्क–
शंकास्पद इमेल कहिले पनि नखोल्ने बनाउनुस्। सिस्टम ह्याकका लागि सबै भन्दा सजिलो तरिका भनेकै लिङ्कमार्फत सिस्टमलाई कन्ट्रोलमा राख्ने हो। यसबाट बच्नका लागि इन्टरनेट प्रयोग गर्दा आफूलाई आवश्यक पर्ने लिंकमात्रै खोल्ने गर्नुपर्छ।
अनलाइन पेमेन्ट –
अनलाइनबाट सपिङ, रिचार्ज र पैसा पठाउँदा सावधानी अपनाउनुपर्छ। चाहे इन्टरनेट बैंकिङ होस् वा डेबिट कार्डको प्रयोग गर्दा वेबसाइट सुरक्षित छ कि छैन भन्ने बुझेर मात्र प्रयोग गर्नुपर्छ। प्रयोग गर्ने वेबसाइटमा सेक्युरिटी डिजिटल सर्टिफिकेट र यूआरएल प्याडलक आइकन भएको हुनुपर्छ।
पब्लिक वाईफाई –
कुनै पनि पब्लिक वाईफाईको प्रयोग हतपत्त गरिहाल्नु हुँदैन। यसकोमार्फत ह्याकरले तपाईको मोबाइलमा भएको डाटा सजिलै चोर्न सक्छ। त्यसैले पब्लिक वाईफाई प्रयोग गर्नुपूर्व यो सुरक्षित छ कि छैन भनेर बुझेरमात्र प्रयोग गर्नुपर्छ।
उल्लेखित विषयहरुमा ध्यान दिनुभयो भने तपाईँको इन्टरनेट र डिभाइसलाई ह्याकर वा डाटा चोरीबाट बनाउन सकिने संभावना रहन्छ।
प्रकाशित: २४ माघ २०७९, मंगलवार