आज ‘सेफर इन्टरनेट डे’ मनाईँदै, यसरी गर्नुस् अनलाइनमा आफ्नो सुरक्षा

  • Technology Khabar | २४ माघ २०७९, मंगलवार
आज ‘सेफर इन्टरनेट डे’ मनाईँदै, यसरी गर्नुस् अनलाइनमा आफ्नो सुरक्षा

काठमाडौं ।

हरेक वर्ष अंग्रेजी महिना फेब्रुअरीको दोस्रो साताको दोस्रो दिन ‘सेफर इन्टरनेट डे’ अर्थात सुरक्षित इन्टरनेट दिवस मनाइने गरिन्छ, जहाँ प्रत्येक प्रयोगकर्ताले आफ्नो डाटा लीक नगरी जिम्मेवारीपूर्वक इन्टरनेट प्रयोग गर्न पाऊन्।

“राम्रो र सुरक्षित इन्टरनेटको लागि साथसाथ” नारासहित यस वर्ष सुरक्षित इन्टरनेट दिवस विश्वभरि विभिन्न कार्यहरुका साथ मनाइँदैछ।

प्रत्येक वर्ष सुरक्षित इन्टरनेट दिवसको उद्देश्य, साइबर बुलिङदेखि सामाजिक सञ्जालदेखि डिजिटल पहिचानसम्म, उदीयमान अनलाइन मुद्दाहरू र हालका सरोकारहरूको बारेमा सचेतना जगाउने हो।

नेपालमा सुरक्षित इन्टरनेट दिवस

र नेपालमा पनि यस दिवस विभिन्न कार्यक्रमका साथ मनाईने भएको छ। यस दिवसले बालबालिका, युवा, अभिभावक, शिक्षक, सामाजिक कार्यकर्ता, व्यापारिक कम्पनीहरू, सरकार र नीति निर्माताहरूलाई राम्रो इन्टरनेट सिर्जना गर्नका लागि मद्दत गर्न एकजुट गर्नेछ।

अमेरिकाको नेशनल सेन्टर फर एक्सप्लोइटेड एण्ड मिसिङ्ग चिल्ड्रेन सेन्टरले सन् २०१९ मा ६३,२६६ वटा नेपाली बालबालिकाका यौन दुर्व्यवहारका चित्रहरुको साइबरटिप्लाइन रिपोर्ट प्राप्त गरेका थिए। सन् २०२१ मा ४१५ प्रतिशतले वृद्धि भएर नेपाली बालबालिकाका साइबरटिप्लाइन रिपोर्टको संख्या २६३,१३० पुगेको छ।

यसबाहेक, चाइल्डसेफनेट र युनिसेफको अध्ययनअनुसार नेपालमा पोर्नोग्राफिक साइटहरूमा सरकारले लगाएको प्रतिबन्ध छि पनि दुईजनामा एक जना किशोर वा नवयुवक र तीनजनामा एकजना किशोरी वा नवयुवतीले अनलाइनमा यौनजन्य सामग्री हेर्ने गरेको पाइएको उल्लेख छ।

यस अवसरमा इन्टरनेटमा सुरक्षित हुने तरिका बारेमा बताउँदै छौं।

पासवर्ड प्रत्येक आईडीको लागी फरक गर्नुहोस्
अक्सर हामी हाम्रो सबै सामाजिक मिडिया प्लेटफर्महरूमा उही पासवर्ड गर्दछौं। यसै कारणले ह्याकरहरूले तपाईको सबै खाताहरू एकल पासवर्डबाटै ह्याक गर्छन्। जहिले पनि विभिन्न प्लेटफर्महरूमा बिभिन्न पासवर्डहरू प्रयोग गर्नुहोस्। जसले ह्याकिङ्गको सम्भावना कम गर्न सक्छ। साझा पासवर्डले तपाईको खातामा ह्याकरहरूलाई सहज बनाउन मद्दत पुर्‍याउँछ।

यस्तो पासवर्ड नराख्नुहोस्
पासवर्ड सँधै याद हुन्छ, त्यसैले धेरै प्रयोगकर्ताहरूले तिनीहरूको मोबाइल नम्बर, जन्म मिति वा जस्ता सजिला कुरालाई पासवर्डको रुपमा राख्छन्। यसो गरेर तपाईँले ह्याकर्सको काम अझ सजिलो बनाईदिनु हुन्छ। कुनै पनि पासवर्ड तोड्न, ह्याकरहरूले सर्वप्रथम यी तीन चीजहरूलाई पासवर्डको रूपमा प्रयोग गर्छन् र तिनीहरू त्यसमा सफल हुन्छन्। याद राख्नुहोस् कि नाम, जन्म मिति वा मोबाइल नम्बर तपाईको पासवर्ड नबनाउनुहोस्। पासवर्ड सँधै अनौंठो र बलियो हुनुपर्दछ।

ह्याकर्सको शिकारबाट बच्नुस्
तपाईँको सामाजिक मिडिया खाताहरु ह्याकरहरुबाट बचाउनको लागि तपाईले पासवर्डमा अक्षरहरु र संख्याहरुका अतिरिक्त विशेष क्यारेक्टर पनि प्रयोग गर्नुपर्नेछ। यदि तपाईँ त्यस्ता विशेष क्यारेक्टर वा अक्षरहरु सहितको पासवर्ड बिर्सनसक्ने स‌भावना छ भने तपाईका सबै पासवर्डहरू एक ठाउँमा लेख्नुहोस् ताकि यदि तपाईले आफ्नो पासवर्ड बिर्सनुभयो भने पनि, तपाईले त्यहाँ देख्न सक्नुहुन्छ। साथै, तपाईंको सबै प्लेटफर्महरूमा फरक पासवर्ड प्रयोग गर्नुहोस्। यी चीजहरूलाई दिमागमा राख्दै, तपाईं आफ्नो खाताहरू सुरक्षित राख्न सक्नुहुन्छ।

अनलाइनमा सुरक्षित रहने उपायहरू:

  • बलियो र यूनिक पासवर्डहरू छान्नुहोस्।
  • सार्वजनिक वाईफाईमा ब्राउज नगर्नुहोस्।
  • इमेल स्क्यामहरूमा नपर्नुहोस्।
  • आफ्नो व्यक्तिगत जानकारी गोप्य र सुरक्षित गर्नुहोस्।
  • स्क्याम वा अनलाइन फ्रड गर्नेहरूको बारेमा रिपोर्ट गर्नुहोस्।
  • भीपीएन प्रयोग गर्नुहोस्।
  • सोसल मिडियाहरु चलाउँदा सावधानी अपनाउनुहोस्।
  • आफ्ना डिभाइसहरुलाई समेत सुरक्षित गर्नुहोस्।

प्रकाशित: २४ माघ २०७९, मंगलवार

तपाइको प्रतिक्रिया
Loading comments...

ताजा समाचार