विद्यार्थीलाई डिजिटल साक्षरता

  • Technology Khabar | २४ माघ २०७९, मंगलवार
विद्यार्थीलाई डिजिटल साक्षरता

काठमाडौं ।

अनलाइन ठगी र सामाजिक सञ्जालमा मानहानि, चरित्र हत्यालगायतका अपराध बढ्दै गएपछि विद्यार्थीलाई डिजिटल साक्षरतासम्बन्धी कक्षा सञ्चालन गरिएको छ।

नेपाल विद्यार्थी संघ डडेल्धुराले स्नातक तहमा अध्ययनरत विद्यार्थीलाई इन्टरनेटमार्फत हुने अपराध र डिजिटल शिक्षासम्बन्धी प्रशिक्षण थालेको हो। जिल्ला सदरमुकाम डडेल्धुराको भीमदत्त बहुमुखी क्याम्पसमा अध्ययनरत विद्यार्थीका अनलाइन अपराधबारे सचेतीकरण कक्षा सञ्चालन गरिएको नेविसंघ डडेल्धुरा सभापति पवन ऐरले जानकारी दिए।

जिल्ला प्रहरी कार्यालय डडेल्धुराका प्रहरी निरीक्षक उमाकान्त जोशीले चिट्ठाका नाममा बैक स्वाता. पिन, एएफटी मागेर सामाजिक सञ्जालबाट ठगी धन्दा बढेको चर्चा गरे। उनले आफ्नो बैक खाता, पिन, एएफटी कसैलाई पनि नदिन बिद्यार्थीलाई आग्रह गरे। आफ्नो मोबाइल र समाजिक सञ्जालको पासपोर्ट साथीहरूसँग पनि सेयर नगर्न उनले विद्यार्थीलाई आग्रह गरे।

उनले भने, “चिनजान नभएकालाई साथी नबनाउनूस्। चिनजानका नामबाट आउने साथीको आग्रह झुटो पनि हुन सक्छ। पहिचान गेर मात्र साथी बनाउनु होला।”

उनले सामाजिक सञ्जालमा नकारात्मक टिप्प्णी गरी आरोप लगाउँदा, गालीगलौज गर्दा, नराम्रा शब्द प्रयोग गर्दा साइबर क्राइम अन्तर्गत कानुनी कारबाहीको भागेदार हुनुपर्नेतर्फ पनि सचेत गराएका थिए। गोरखापत्रबाट

प्रकाशित: २४ माघ २०७९, मंगलवार

तपाइको प्रतिक्रिया
Loading comments...