
काठमाडौं ।
अमेरिकी सरकारले ह्वावे माथिको आफ्नो प्रतिबन्ध थप कडाईका साथ अघि बढाएको भनेर केही दिन अघि एक रिपोर्ट बाहिरिएको थियो। उक्त प्रतिवेदनमा अमेरिकाले ह्वावेसँग व्यापार गर्नका लागि कम्पनीहरूले आवेदन दिएका सबै लाइसेन्स बन्द गरेको दाबी गरिएको छ। साथै उक्त निर्णयले ह्वावेलाई क्वालकमको टेक्नोलोजीहरूको आपूर्तिमा पनि असर गरेको रिपोर्टहरूमा उल्लेख गरिएको छ।
प्रतिवेदनमा अमेरिकाले ह्वावेसँग व्यापार गर्नका लागि कम्पनीहरूले आवेदन दिएका सबै लाइसेन्स बन्द गरेको दाबी गरेको छ। साथै आवेदन दिएका कम्पनीहरूको सबै इजाजतपत्रहरू (लाइसेन्सहरु) अमेरिकाले बन्द गरिदिएको दाबी गरेको छ।
क्वालकमले उक्त विषयलाई स्पष्ट पार्दै अमेरिकी सरकारको नयाँ परिवर्तनले ह्वावेलाई क्वालकमले गर्ने आपूर्तिमा असर नपर्ने बताएको छ।
क्यू१ २०२३ अर्निङ्गस कलको दौरान क्वालकम टेक्नोलोजी लाइसेन्सिङ (क्यूटीएल) र ग्लोबल अफेयर्सका अध्यक्ष एलेक्स रोजर्सले उक्त घोषणा हुन्। अमेरिकी वाणिज्य विभागको हालैका परिवर्तनहरूको बारेमा क्वालकम अज्ञात रहेको रोजर्सले बताएको उल्लेख गरिएको छ। तसर्थ, कम्पनीबाट ह्वावेको लागि गरिने ढुवानीमा नयाँ परिवर्तनहरूले कुनै महत्त्वपूर्ण प्रभाव पार्ने नदेखेको उनले बताएको उल्लेख गरिएको छ।
साथै क्वालकमसँग पहिले देखि नै केही समयको लागि लाइसेन्स भएको बारेमा रोजर्सले थप व्याख्या गरेका छन्। उक्त लाइसेन्सले कम्पनीलाई ह्वावेको लागि फोरजी चिप्स र वाईफाई चिप्स ढुवानी गर्नको निम्ति अनुमति प्रदान गरेको बताएका छन्। उक्त चिप्सहरुले राष्ट्रिय सुरक्षामा कुनै पनि खतरा नरहेको पुष्टि गरेपछि संयुक्त राज्य अमेरिकाले इजाजतपत्र जारी गरेको उल्लेख गरिएको छ।
अघिल्लो रिपोर्टहरूले अमेरिकी सरकारले सबै फोरजी चिप्सहरू, वाईफाई ६ र ७ चिप्सहरूका साथै एआई चिप्सहरूमा प्रतिबन्ध लगाएर ह्वावे माथिको प्रतिबन्धलाई तीव्र पारेको दाबी गरेको बताइएको छ।
यसका साथै ह्वावेको यस वर्ष तीन नयाँ फ्ल्यागशिप डिभाइसहरु सार्वजनिक गर्ने योजना रहेको उल्लेख गरिएको छ। उक्त नयाँ फ्ल्यागशिप डिभाइसहरुको सूचीमा ह्वावे पी ६० सिरिज, मेट ६० सिरिजका साथै नविनतम ह्वावे फोल्डेबल मेटा एक्स ३ समावेश रहेको उल्लेख गरिएको छ। साथै उक्त सबै स्मार्टफोनहरूमा स्न्यापड्रागन चिप्स प्रयोग गरिने अपेक्षा गरिएको छ।
प्रकाशित: २३ माघ २०७९, सोमबार