
काठमाडौं ।
निसान र रेनोले सोमबार आफ्नो रिडिजाइन गरिएको गठबन्धनको विवरणहरू सार्वजनिक गरेका छन्। जापानी कार निर्माता कम्पनीले रेनोको इलेक्ट्रिक सवारी यूनिट एम्पियरमा १५ सम्मको हिस्सेदारी किन्न प्रतिबद्ध रहेको रोयटर्सले उल्लेख गरेको छ।
गठबन्धन जुनियर पार्टनर मित्सुबिसी मोटर्सले पनि एम्पियरमा लगानी गर्ने विचार गर्नेछ, कम्पनीहरूले एक विज्ञप्तिमा बताएका छन्।
निसान रणनीतिक लगानीकर्ता बन्ने लक्ष्यका साथ युरोपमा रहेको रेनो ग्रुपको ईभी र सफ्टवेयर कम्पनी एम्पीयरमा १५% सम्म लगानी गर्ने छ,’ लन्डनमा प्रस्तुति अघि विज्ञप्तिमा भनिएको छ।
कम्पनीहरूले आफ्नो २४ वर्ष पुरानो गठबन्धनलाई पुनर्जीवित गर्न सम्झौता अन्तर्गत फ्रान्सेली कार निर्माताले आफ्नो जापानी साझेदारमा हालको ४३ प्रतिशतको हिस्साबाट १५ प्रतिशतमा घटाउने घोषणा गरिसकेका छन्।
रेनोले निसान सेयरको २८.४% फ्रान्सेली ट्रस्टमा हस्तान्तरण गर्नेछ, जसले गठबन्धनका दुई अटोमोबाइल कम्पनीलाई समान साझेदार बनाउँछ।
सम्झौताले आगामी १५ वर्षसम्म गठबन्धनलाई थप स्वतन्त्र र सन्तुलित बनाउने लक्ष्य राखेको यस विषयमा निकट स्रोतले बताएको छ। यो साझेदारीले युरोप, भारत र ल्याटिन अमेरिकाका संयुक्त परियोजनाहरूबाट तालमेल उत्पादन गर्नेछ र कम्पनीहरूले रेनोको प्रमुख ईभी व्यवसाय, इलेक्ट्रोनिक्स र ठोस–स्टेट ब्याट्रीहरूमा सँगै काम गर्नेछन्।
प्रकाशित: २३ माघ २०७९, सोमबार