क्यान इन्फोटेकको एसोसिएट स्पोन्सर (प्रायोजक) डिशहोम फाइबरनेट

  • Technology Khabar | २२ माघ २०७९, आईतवार
क्यान इन्फोटेकको एसोसिएट स्पोन्सर (प्रायोजक) डिशहोम फाइबरनेट

काठमाडौं ।

कम्प्युटर एसोसिएसन नेपाल (क्यान) महासङ्घले आयोजना गर्न लागेको क्यान इन्फोटेक मंगलबारदेखि काठमाडौंको भृकुटीमण्डपमा हुँदैछ।

२८ औं संस्करणको रुपमा सुरु हुन लागेको क्यान इन्फोटेकमा एसोसिएट प्रायोजक डिशहोम फाइबरनेट रहेको छ।

एसोसिएट प्रायोजक डिशहोम फाईबरनेटले आफ्नो स्टल नं. डि ३३ मार्फत आफ्नो फाईवरनेट तथा विभिन्न प्रडक्टहरुको बारेमा आवश्यक जानकारी प्रदान गर्ने बताएको छ।

सूचना तथा सञ्चार प्रविधि क्षेत्रमा विकास भएका नयाँ नयाँ प्रविधि प्रदर्शनी तथा यस क्षेत्रको विकासका लागि आवश्यक नीति, रणनीति तथा कानुनी संरचना निर्माणका निम्ति सार्थक अन्तरक्रिया गर्ने उद्देश्यका साथ वार्षिक रुपमा क्यान इन्फोटेक आयोजना हुने गरेको छ।

प्रकाशित: २२ माघ २०७९, आईतवार

तपाइको प्रतिक्रिया
Loading comments...