आज राती ‘स्नो मून’ देखिने, जान्नूहोस् यसमा के हुनेछ विशेष

  • Technology Khabar | २२ माघ २०७९, आईतवार
आज राती ‘स्नो मून’ देखिने, जान्नूहोस् यसमा के हुनेछ विशेष

काठमाडौं ।

फेब्रुअरीको पूर्णिमा धेरै हिसाबले विशेष रहनेछ। यसलाई उत्तर अमेरिकी देशहरुमा स्नो मुन पनि भनिन्छ, जुन नेपाली समय अनुसार फेब्रुअरी ४ मा बेलुका करिब ९:४५ मा सुरु भएर फेब्रुअरी ५ मा राति करिब १२:०८ बजे अन्त्य हुनेछ। ने‍पालसहित दक्षिण एशियाली मुलुकहरुमा यसलाई माघ पूर्णिमा वा शुक्ल पूर्णिमाको रुपमा चिनिन्छ।

नेपालमा पौष शुक्ल पूर्णिमाका दिनबाट सुरु भएको श्री स्वस्थानी माताको महिमा वर्णन गर्ने कथाहरूको वाचन आज विधिवत् समापन हुँदैछ।

रिपोर्टका अनुसार चन्द्रमा सूर्यबाट पृथ्वीको विपरीत दिशामा हुँदा पूर्णिमा हुन्छ। बृहस्पति र मंगल ग्रह पनि पूर्णिमाको साँझ मध्य-उत्तरी अक्षांशहरूमा मानिसहरूले आकाशमा दक्षिण हेर्दा देखिने बताइएको छ।

यसका साथै पूर्णिमाको साँझ चन्द्रमा उदाउनुअघि आकाशमा शुक्र ग्रह पनि देख्न सकिन्छ। तर, यी ग्रहहरू नेपालमा कुन समयमा देखिनेछन्, यसको जानकारी भने पाउन बाँकी छ। पूर्णिमा र हाम्रो सौर्यमण्डलका सबै ग्रहहरू हेर्नको लागि तपाईंको क्षेत्रमा मौसम सफा हुनुपर्छ।

समय र मिति अनुसार, ‘स्नो मून’ नाम उत्तर अमेरिकाको जनजातिबाट आएको हो। खानेकुराको अभाव र हिउँ परेको मौसममा शिकार गर्न नसक्दा यी जनजातिहरूले यस पूर्णिमालाई ‘ह‌ंगर मून’ पनि भन्ने गर्छन् । फेब्रुअरी ५ पछि अर्को पूर्णिमाका लागि मार्च ७ सम्म कुर्नुपर्नेछ।

पूर्णिमा आकाशमा रुचि राख्नेहरूका लागि विशेष अवसर हो। यदि तपाइँ फोटोग्राफीको शोखिन हुनुहुन्छ भने, फेब्रुअरी ५ अर्थात आज राती तपाइँ चन्द्रमाको केहि अद्भुत फोटो खिच्न सक्नुहुन्छ। नेपालमा स्नो मूनलाई शुक्ल पूर्णिमाका रूपमा मनाइन्छ, भने छिमेकी देश चीनमा परम्परागत लूनार क्यालेन्डरअनुसार फेब्रुअरी पूर्णिमालाई पहिलो महिना मानिन्छ।

प्रकाशित: २२ माघ २०७९, आईतवार

तपाइको प्रतिक्रिया
Loading comments...

ताजा समाचार