आइएमई पेको मन्थ अफ लभ अफर, ५ जनाले सामसङ स्मार्टफोन जित्ने मौका

  • Technology Khabar | २२ माघ २०७९, आईतवार
आइएमई पेको मन्थ अफ लभ अफर, ५ जनाले सामसङ स्मार्टफोन जित्ने मौका

काठमाडौं ।

आइएमई पेले मन्थ अफ लभ अफर सञ्चालनमा ल्याएको छ।
अफर अनुसार आइएमई पे एपमा अफर अवधिभरी कम्तीमा ३ ओटा विभिन्न कारोवारको भुक्तानी गरे पश्चात ५ जनाले सामसङ स्मार्टफोन जित्ने मौका पाउनुहुनेछ।

कम्पनीकाअनुसार भ्यालेन्टाइन मनाइने महिना भएकाले अफरको नामाकरण पनि त्यसै अनुसार गरिएको उक्त अफर यही फेब्रुअरी ३ बाट शुरु भई २०२३ फेब्रुअरीभर सञ्चालनमा रहनेछ।

यस अफर अवधिको समाप्तिपछि आइएमई पेको आधिकारिक सामाजिक पेजहरू मार्फत भाग्यशाली विजेताहरुको घोषणा हुनेछ।

नेपाली जनताहरूलाई डिजिटल माध्यममा कारोवार गर्न प्रोत्साहन गर्न र नगदरहित इकोसिस्टमलाई सहज बनाउन कम्पनीले यस अफर सञ्चालनमा ल्याएको जनाएको छ।

प्रकाशित: २२ माघ २०७९, आईतवार

तपाइको प्रतिक्रिया
Loading comments...

ताजा समाचार