आधिकारिक देखिने वनप्लस प्याडको नयाँ तस्विर लीक

  • Technology Khabar | २२ माघ २०७९, आईतवार
आधिकारिक देखिने वनप्लस प्याडको नयाँ तस्विर लीक

काठमाडौं ।

आगामी फेब्रुअरी ७ मा आधिकारीक रुपमा वानप्लस प्याड सार्वजनिक गरिने भएको छ। साथै सोही मितिमा वानप्लस ११ ले पनि ग्लोबल डेब्यु गर्ने भएको छ। उक्त ट्याब्लेटलाई अहिलेसम्म केही डार्क रेण्डरहरूमा चित्रित गरिएको बताइएको छ। त्यसपश्चात गत जनवरीको अन्त्यमा कम्पनी आफैंले सो ट्याबको टिजर सार्वजनिक गरेको थियो।

हालै लीक भएको उक्त वानप्लस प्याडको नयाँ तस्विर अनुसार उक्त क्यामरा सर्कल, आईल्याण्ड, बम्प, प्रोट्रुसन जे भनेपनि त्यसको डिजाइन एकदमै चाखलाग्दो रहेको उल्लेख गरिएको छ। वानप्लसले यहाँ यूनिक डिजाइनको लक्ष्य राखेको र स्पष्टरूपमा उक्त लक्ष्य प्राप्त गर्न सफल भएको उल्लेख गरिएको छ।

लीक भएको नयाँ तस्बीरमा उक्त डिभाइसको रङ्ग हरियो रहेको र त्यसमा समावेश गरिएको क्यामरा बाहेक उक्त ट्याबलेट अन्य ट्याब्लेट जस्तै देखिएको जीएसएमएरिनाले लेखेको छ।

साथै ट्याब्लेटको स्क्रिन बेजेल्सहरू सानो र फ्रेम एकदम सपाट(फ्ल्याट) रहेको छ भने पछाडिको भागमा शिशा (ग्लास) हुन सक्ने अनुमान गरिएको छ। त्यसैगरी उक्त ट्याब्लेटको स्क्रिन ११.६–इन्चको हुने बताइएको छ।

प्रकाशित: २२ माघ २०७९, आईतवार

तपाइको प्रतिक्रिया
Loading comments...

ताजा समाचार