नेपाल टेलिकमका प्रयोगकर्ता २ करोड १३ लाख

  • Technology Khabar | २२ माघ २०७९, आईतवार
नेपाल टेलिकमका प्रयोगकर्ता २ करोड १३ लाख

काठमाडौं ।

नेपाल टेलिकमको ग्राहक आधार २ करोड १३ लाख भन्दा धेरै पुगेको छ। नेपाल टेलिकमका प्रबन्ध निर्देशक सुनिल पौडेलले आइतबार कम्पनीको १९ औं वार्षिकोत्सवको अवसरमा सो जानकारी दिएका हुन्।

१९ वर्ष अघि कम्पनीमा रुपान्तरण हुँदा संस्थाको ग्राहक आधार करिब ४ लाख २२ हजार थिए। अहिले मुलुकको करिब ७५ प्रतिशत जनसंख्यामा नेपाल टेलिकमको कुनै न कुनै सेवाको पहुँच पुगिसकेको पौडेलको दाबी छ।

यसमध्ये कम्पनीको फोरजी एलटीई सेवाका प्रयोगकर्ता १ करोड १५ लाख भन्दा बढी छ।

*भ्वाइस सेवातर्फ मंसिर मसान्तसम्म कम्पनीको ग्राहक आधार २ करोड १३ लाख २५ हजार भन्दा बढी छन्। सो मध्ये जीएसएम मोबाइल सेवाका ग्राहक २ करोड १ लाख ८६ हजार भन्दा बढी, सीडीएमए सेवाका ४ लाख ३६ हजारभन्दा बढी र पीएसटीएन सेवाा ग्राहक ४ लाख ५५ हजारभन्दा बढी रहेका छन्। त्यसैगरी एफटीटीएच भ्वाइस सेवाका ग्राहक २ लाख ४७ हजार तथा एफटीटीएच डाटा सेवाका ग्राहक २ लाख ११ हजार रेहका छन्। २०७९ असोजको नेपाल दूरसञ्चार प्राधिकरणको एमआईएस रिपोर्ट अनुसार भ्वाइस सेवातर्फ कम्पनीको बजार हिस्सा ५२.२४ प्रतिशत छ।

इन्टरनेट डाटा सेवातर्फ मंसिर मसान्तसम्म कम्पनीको डाटा (इन्टरनेट, इमेललगायत) सेवाका प्रयोगकर्ता कुल २ करोड ६ लाख १८ हजार ६ सय भन्दा बढी पुगेका छन्। सो मध्ये जीएसएम मोबाइलको डाटा सेवाका प्रयोगकर्ता २ करोड १ लाख ६ हजार, एडीएसएल सेवाका प्रयोगकर्ता ७८ हजार र एफटीटीएच डाटा सेवाका प्रयोगकर्ता २ लाख ११ हजार छन्।

*अपडेट

प्रकाशित: २२ माघ २०७९, आईतवार

तपाइको प्रतिक्रिया
Loading comments...