अनरको म्याजीक ५ स्मार्टफोनमा ६६ वाटको चार्जिङ स्पिड रहने पुष्टि

  • Technology Khabar | २२ माघ २०७९, आईतवार
अनरको म्याजीक ५ स्मार्टफोनमा ६६ वाटको चार्जिङ स्पिड रहने पुष्टि

काठमाडौं ।

आगामी अनर म्याजिक ५ फ्ल्यागशिप फोनमा ६६ वाटको द्रुत चार्जिङ सहित (सर्टिफिकेसन लिस्टिङ) प्रमाणीकरण सूचीमा देखा परेको चिनीयाँ ३सी एजेन्सीले बताएको छ। अनर म्याजिक५ (पीजीटी–एएन००)को उक्त नयाँ सूची अनुसार डिभाइसले बन्डल चार्जरमार्फत ६६ वाटसम्मको वायर चार्जिङ(११भी६ए) सर्पोट गर्ने उल्लेख गरिएको छ। उक्त चार्जिङ स्पिड पूर्ववर्ती म्याजीक४ को जस्तै समान स्पिड भएको बताइएको छ।

यद्यपी म्याजीक५ प्रो र म्याजीक५ अल्टिमेट मोडलहरुमा भने १०० वाट सममको वा अझ बढि स्पिडको चार्जिङ रहने अपेक्षा गरिएको छ।

अनरको म्याजीक ५ लाइनअपले फेब्रुअरी २७ मा बार्सिलोनमा आयोजना हुन लागेको एमडब्लुसी कार्यक्रममा डेब्यु गर्ने अपेक्षा गरिएको छ। अघिल्लो अफवाहहरूको आधारमा म्याजीक ५ लाईट, म्याजीक५, म्याजीक५ प्रो र म्याजीक ५ अल्टिमेट गरि कुल चार मोडलहरू उक्त कार्यक्रममा देखा पर्ने सम्भावना रहेको थप उल्लेख छ।

त्यसैगरी लाईट मोडलमा स्न्यापड्रागन ६९५ चिपसेट समावेश गरिने र अन्य मोडलहरुमा फ्ल्यागशिप स्न्यापड्रागन ८ जेन २ एसओसी रहने अपेक्षा गरिएको छ। साथै म्याजिक५ प्रो र अल्टिमेट मोडलमा क्वाड ५० मेगापिक्सेलको क्यामरा ल्याउने हल्लाहरु पनि रहेको उल्लेख गरिएको छ।

प्रकाशित: २२ माघ २०७९, आईतवार

तपाइको प्रतिक्रिया
Loading comments...

ताजा समाचार