नेपाल टेलिकमको ‘एनटी एनिभर्सरी’ अफर, रिचार्जमा बोनस डाटादेखि डाटा प्याकमा छुटसम्म पाईने

  • Technology Khabar | २२ माघ २०७९, आईतवार
नेपाल टेलिकमको ‘एनटी एनिभर्सरी’ अफर, रिचार्जमा बोनस डाटादेखि डाटा प्याकमा छुटसम्म पाईने

काठमाडौं ।

नेपाल टेलिकमले आफ्नो वार्षिकोत्सवको अवसर पारेर आफ्ना पोस्टपेड र प्रिपेड दुबै प्रकारका सेवाग्राहीहरुका लागि विभिन्न अफरहरु ल्याएको छ।

कम्पनीले आज आईतबार १९ औं वार्षिकोत्सव मनाउँदैछ भने सो अवसरमा रिचार्जमा बोनस डाटादेखि डाटा प्याकमा छुटसम्मको अफर सार्वजनिक गरेको छ।

कम्पनीले सामाजिक सञ्जालहरुमार्फत एनटी एनिभर्सरी अफरहरु ल्याएको जानकारी दिएको हो।

जसअनुसार २० जीबी डाटा प्याक २९४रुपैयाँमा दिनेछ भने ६ जीबी डाटा प्याक ९८ रुपैयाँमा दिनेछ। यस्तै १ एमबीपीएसको डाटा र अनलिमिटेड अननेट भ्वाइस कल सेवा ४९ रुपैयाँमा प्रदान गरेको छ।

यसका साथै रिचार्जमा बोनसअन्तरगत कम्पनीले २०० देखि ४९९ रुपैयाँसम्मको रिचार्ज गर्दा प्रतिदिन १ जीबी डाटा दुई दिनसम्म निशुल्क दिनेछ भने ५०० रुपैयाँ भन्दा माथि रिचार्ज गर्दा प्रतिदिन २ जीबी डाटा चार दिनसम्म निशुल्क दिनेछ। कम्पनीकाअनुसार यो अफर रिचार्ज र एमपीओएस दुबैमा लागु हुनेछ।

यस बाहेक कम्पनीले आफ्नो एफटीटीएच सेवामा पनि वार्षिकोत्सवको अवसरमा अफर ल्याएको छ। कम्पनीले २० एमबीपीएस इन्टरनेट प्लस एक टेलिफोन लाइन तथा एनटीटीभी सेवाको लागि १२ हजार रुपैयाँमा दिने भएको छ।

यी सबै अफरहरु माघ २२ गतेदेखि माघ २९ गतेसम्म लागू हुने टेलिकमले जनाएको छ।

प्रकाशित: २२ माघ २०७९, आईतवार

तपाइको प्रतिक्रिया
Loading comments...

ताजा समाचार