
काठमाडौं ।
भियतनामको इलेक्ट्रिक अटोमेकर भिनफास्टले संयुक्त राज्य अमेरिकामा आफ्ना पहिलो ग्राहकहरूलाई फेब्रुअरीको दोस्रो आधासम्म डेलिभरीमा ढिलाइ गर्ने शुक्रबार जानकारी दिएको छ। यसले नवीनतम सफ्टवेयरको साथ सवारी साधनहरू अपडेट गरेपछि ग्राहकहरुलाई उपलब्ध गराउने जनाएको छ।
भियतनामी कम्पनी भिन्जग्रुप जेएससीको एक एकाइ, जसले अमेरिकामा विस्तार गर्न तयारी गरिरहेको छ, र जहाँ यसले अवस्थित अटोमेकरहरूसँग प्रतिस्पर्धा गर्ने आशा राखेको छ।
यसले गत वर्ष नोभेम्बरमा आफ्नो पहिलो ९९९ विद्युतीय सवारीसाधन (इभी) पठाउन थालेको थियो तर कम्पनीले डिसेम्बरमा डेलिभरीलाई लक्षित गरेपछि अझैसम्म ग्राहकहरूलाई डेलिभर नगरेको रोयटर्सले उल्लेख गरेको छ।
“कारहरूलाई नवीनतम सफ्टवेयरको साथ अद्यावधिक गरिएको छ। हामी फेब्रुअरीको दोस्रो भागमा ग्राहकहरूलाई पहिलो भीएफ ८ गाडी मोडेलहरू हस्तान्तरण गर्ने योजनामा छौं,” भिनफास्टले एक विज्ञप्तिमा भन्यो।
दोस्रो ब्याच २०२३ को दोस्रो क्वाटरमा अमेरिका पठाइने बताएको छ।
भिनफास्टले गत वर्ष डिसेम्बर सम्म विश्वव्यापी रूपमा ५५ हजार अर्डरहरू सुरक्षित गरेको बताएको छ, जसमध्ये १२ हजार अमेरिकी बजारबाट छन्।
यसले डिसेम्बरमा घरेलु रूपमा ग्राहकहरूलाई ४ हजार भन्दा बढी ईभीहरू प्रदान गर्यो, जसमध्ये आधाभन्दा बढी स्पोर्टस युटिलिटी भेहिकल भीएफ ८ मोडेल थिए।
प्रकाशित: २२ माघ २०७९, आईतवार