क्वालकमको त्रैमासिक बिक्री १२ प्रतिशतले घट्यो, नाफामा ३४ प्रतिशतले कमी

  • Technology Khabar | २२ माघ २०७९, आईतवार
क्वालकमको त्रैमासिक बिक्री १२ प्रतिशतले घट्यो, नाफामा ३४ प्रतिशतले कमी

काठमाडौं ।

चिपसेट निर्माता कम्पनी क्वालकमले डिसेम्बरसम्म कम्पनीको वित्तीय पहिलो त्रैमासिकको न्यून आम्दानी नतिजा रिपोर्ट गरेको छ। तथ्यांकअनुसार कम्पनीलाई स्मार्टफोन बजारमा तीव्र संकुचनले चोट पुर्याएको देखिएको छ।

कम्पनीको राजस्व वार्षिक रूपमा १२ प्रतिशतले घटेर ९.५ बिलियन अमेरिकी डलरमा पुगेको छ, र खुद नाफा ३४ प्रतिशतले घटेर २.२ बिलियन अमेरिकी डलरमा पुगेको छ।

कम्पनीको प्रति शेयर आम्दानी १.९८ अमेरिकी डलरमा अपेक्षित भन्दा राम्रो थियो, तर अझै पनि एक वर्ष पहिलेको तुलनामा ३४ प्रतिशत कम छ।

प्रकाशित: २२ माघ २०७९, आईतवार

तपाइको प्रतिक्रिया
Loading comments...