माइक्रोसफ्टले नेपालमा क्लाउड ईआरपी–डाइनामिक ३६५ बिजनेस सेन्ट्रल अनलाइन सेवा दिने

  • Technology Khabar | २१ माघ २०७९, शनिबार
माइक्रोसफ्टले नेपालमा क्लाउड ईआरपी–डाइनामिक ३६५ बिजनेस सेन्ट्रल अनलाइन सेवा दिने

काठमाडौं ।

माइक्रोसफ्टले नेपाल स्थानीयकरण (वैधानिक र देश-विशेष सुविधाहरू) सहित बिजनेश सेन्ट्रल क्लाउड २०२३ जून महिनादेखि नेपालका कम्पनीहरूका लागि उपलब्ध हुने घोषणा गरेको छ।

डाइनामिक्स ३६५ बिजनेश सेन्ट्रल, १०० भन्दा बढी ठूला स्केल र २५० भन्दा बढी साना र मध्यम आकारका कम्पनीहरूको ग्राहक आधार भएको, नेपालको सबैभन्दा धेरै प्रयोग हुने ईआरपी सलुसन्स मध्ये एक भएको बताईएको छ। विश्वव्यापी रूपमा, यसले १ लाख ६० हजार भन्दा बढी ग्राहकहरू र विश्वव्यापी रूपमा लाखौं प्रयोगकर्ताहरूको विश्वास जितेको उल्लेख छ।

माइक्रोसफ्टले नेपालको लागि एप्लिकेसन र यसको क्षेत्रीय स्थानीयकरण जारी गरेपछि, यो एसएमई र ठूला-ठूला कम्पनीहरूका लागि गेम-चेन्जर हुन सक्ने दाबी गरिएको छ।

कम्पनीकाअनुसार बिजनेश सेन्ट्रल अनलाइनको सबैभन्दा रोमाञ्चक पक्ष मध्ये एक परिचालन लागतको कमी हो। सदस्यतामा आधारित सास (SaaS) मोडेल मार्फत बिजनेश सेन्ट्रल अनलाइन लागू गरेर, कम्पनीहरूले महँगो पूर्वाधार, आईटी ओभरहेड, प्राविधिक स्रोतहरू र अन्य बाधाहरूको आवश्यकतालाई हटाउन सक्छन्। यसले संस्थाहरूलाई आफ्नो पूँजीगत खर्चलाई सरल, ‘पे एज यु गो’ मोडेल मार्फत परिचालन खर्चमा रूपान्तरण गर्न अनुमति दिन्छ।

क्लाउड-आधारित ईआरपी कार्यान्वयनमा सबैभन्दा ठूलो चुनौती भनेको आन्तरिक राजस्व विभाग (आईआरडी) को नियामक अनुपालन पूरा गर्नु हो। आईआरडीले बिलिङ डाटालाई नेपालको सीमाभित्र राख्नुपर्ने नियम लागू गरेको छ र यसलाई क्लाउडमा मात्र होस्ट गर्न अनुमति दिँदैन।

“यद्यपि, बिजनेस सेन्ट्रल अनलाइनको उपलब्धतासँगै, ग्राहकहरूले अब आफ्नो सम्पूर्ण ईआरपी डाटा (वित्त, बिक्री, खरिद, आपूर्ति श्रृंखला, सूची, निर्माण) क्लाउडमा होस्ट गर्न सक्षम हुनेछन् र बिलिङ डाटाको संस्करण अझै पनि स्थानीय क्षेत्रमा नै छ भनी सुनिश्चित गर्नसक्ने छ,” विज्ञप्तीमा भनिएको छ।

नेपालका लागि माइक्रोसफ्टको डाइनामिक्स साझेदार एजाइल सोलुसन्सद्वारा विकसित बिलिङ सफ्टवेयर मार्फत प्राप्त हुने जनाएको छ। कम्पनीहरूले क्लाउड-आधारित ईआरपीको पूर्ण लाभहरूको आनन्द लिँदै आन्तरिक राजस्व विभागको नियामक आवश्यकताहरूको पूर्ण अनुपालन सुनिश्चित गर्न सक्छन्।

यसबाहेक, बिजनेस सेन्ट्रल अनलाइनको साथ कम्पनीहरूले नयाँ संस्करणहरूमा सजिलै अपग्रेड गर्न सक्षम हुनेछन् भने यसलाई कस्टमाइज गर्न सजिलो छ।

नेपालमा डाइनामिक ३६५ बिजनेस सेन्ट्रलको रोलआउट एजाइल सलुसन्स प्रालिले नेतृत्व गरेको छ। यो पुरस्कार विजेता माइक्रोसफ्ट डाइनामिक्स साझेदार कम्पनी र नेपालको अग्रणी ईआरपी परामर्शदाता भएको दाबी गरेको छ। यो शक्तिशाली समाधान नेपाली बजारमा ल्याउन माइक्रोसफ्ट र एजाइल सोलुसनले हात मिलाएको जारी विज्ञप्तीमा उल्लेख छ।

प्रकाशित: २१ माघ २०७९, शनिबार

तपाइको प्रतिक्रिया
Loading comments...