क्यान इन्फोटेक सेमिनारमा प्रविधि उद्योग र एकेडेमिया बीचको अन्तरबारे छलफल हुने

  • Technology Khabar | २१ माघ २०७९, शनिबार
क्यान इन्फोटेक सेमिनारमा प्रविधि उद्योग र एकेडेमिया बीचको अन्तरबारे छलफल हुने

काठमाडौं ।

कम्प्युटर एसोसियन अफ नेपाल महासंघको आयोजनामा आउँदो माघ २४ देखि २९ गते ६ दिनसम्म राजधानीको भृकुटीमण्डपमा २८ औं संस्करणको क्यान इन्फोटेक २०२३ हुँदैछ। उक्त अवसरमा सूचना प्रविधिसम्बन्धी बृहत प्रदर्शनीका साथ प्रविधि उद्योग र एकेडेमिया बीचको अन्तरक्रियासमेत हुने भएको छ।

क्यान महासंघले कोड फर चेन्जसँगको सहकार्यमा सेमिनार गर्न लागेको हो। यसअन्तर्गत माघ २५ देखि माघ २८ गतेसम्म हरेक दिन फरक फरक विषयमा सरोकारवालाहरूबीच छलफल एवं अन्तक्रिया हुने क्यान महासंघका महासचिव चिरञ्जीवी अधिकारीले जानकारी दिए।

उनका अनुसार माघ २५ अर्थात बुधबार प्रविधि उद्योग र एकेडेमियाबीच अन्तरक्रिया विषयमा पहिलो सेमिनार आयोजना हुनेछ। नेपाल पर्यटन बोर्डको हलमा हरेक दिन दुई घण्टासम्म हुने सो सेमिनारमा नेपाल दूरसञ्चार प्राधिकरणकी उप निर्देशक तथा सेन्टर फर साइबर सेक्युरिटी एन्ड रिसर्च इनोभेसनकी उपाध्यक्ष रोजा किरण बासुकला, स्मार्ट च्वाइस टेक्नोलोजी लिमिटेड का प्रमुख कार्यकारी अधिकृत नारायण प्रकाश भुजु, टेक्सास कलेजका प्रिन्सिपल भेषराज पोखरेल, त्रिभुवन विश्वविद्यालयका उप प्राध्यापक नवराज पौडेल, नेपाल सरकारका आईटी निर्देशक सुवास ढकाल र र कोड फर चेन्जका अध्यक्ष निराजन क्षेत्री वक्ताका रूपमा सहभागी छन्।

कार्यक्रममा वर्तमान शिक्षा प्रणाली, आईटी बजारको माग र आवश्यकता, उद्योग र शिक्षण संस्थाबीच देखिएको दूरी, राज्यका नीति तथा कार्यक्रम लगायतका विषयमा छलफल हुने बताईएको छ।

सेमिनारमा १५० बढीको सहभागिता हुने बताइएको छ। यसअन्तर्गत कार्यक्रममा सूचना प्रविधि क्षेत्रका विद्यार्थी, उद्यमी, पेशाकर्मी तथा प्रविधिप्रेमीलगायत सहभागी हुनसक्ने कार्यक्रम संयोजक निरन्जन क्षेत्रीले जानकारी दिए।

प्रकाशित: २१ माघ २०७९, शनिबार

तपाइको प्रतिक्रिया
Loading comments...

ताजा समाचार