दुर्गममा हुने उडानमा अनलाइन टिकटको व्यवस्था

  • Technology Khabar | २१ माघ २०७९, शनिबार
दुर्गममा हुने उडानमा अनलाइन टिकटको व्यवस्था

काठमाडौं ।

नेपाल बायुसेवा निगमले अनलाइनबाट टिकट काट्ने व्यवस्था सुरु गरेको छ। यसअनि अन्तर्राष्ट्रियतर्फका उडानका अनलाइन टिकटको
व्यवस्था गरेको निगमले नेपालगञ्जबाट कर्णाली प्रदेशका दुर्गम तथा हिमाली जिल्लाका लागि हुने उडानका लागि पनि अनलाइनबाट टिकट प्रणाली
सुरु भएको हो।

निगमले पहिलो पटक दुर्गम क्षेत्रमा उडानका लागि ई-टिकट प्रणाली सुरु गरेको जनाएको छ। नेपालगञ्जबाट उडान हुने कर्णाली प्रदेशका जिल्ला जुम्ला, हुम्ला, डोल्पा, मुगु, रुकुम र सुदूरपश्चिमको बाजुरामा यात्रुको सहजताका लागि अनलाइन टिकट सुरु भएको निगमले जनाएको छ।

हाल मोबाइल वालेट इसेवाबाट मात्र रकम तिर्न सकिने भएपनि निगमले आगामी दिनमा अन्य वालेट तथा वेबसाइटमार्फत पनि टिकट काट्ने व्यवस्था मिलाइने बताएको छ।

दुर्गम तथा विकट क्षेत्रका जनतालाई आन्तरिक उडान सेवा प्रवाह प्राथमिकतामा राखेको जनाइएको छ।

प्रकाशित: २१ माघ २०७९, शनिबार

तपाइको प्रतिक्रिया
Loading comments...