ह्वावेको फाइभजी सेवा समुद्रमा, डिजिटल फिशिङ बोटमा फाइभजीको प्रयोग

  • Technology Khabar | २१ माघ २०७९, शनिबार

काठमाडौं ।

टेक जायन्ट ह्वावेले हालै एक नयाँ परियोजनाको घोषणा गरेको छ। उक्त परियोजनाको लागि कम्पनीले आफ्नो विशेषज्ञताहरुलाई आफ्नो दूरसञ्चारमा उपयोग गर्ने उल्लेख गरिएको छ। कम्पनीले समुद्रमा काम गर्ने मानिस र माछा मार्ने डुङ्गाहरूको कनेक्टिभिटी सुधारको लागि फाइभजी नेटवर्किङ गियर इन्स्टल गर्न लागेको हो।

चिनियाँ टेक जायन्टले चाइना युनिकमसँग ‘डिजिटल फिशिङ बोट’ परियोजनाका लागि काम गरेको गरेको बताइएको छ। साथै उक्त कम्पनीले २०२३ जीएसएमए “फाइभजी प्रोडक्टिभिटी च्यालेञ्ज अवार्ड” हासिल गरेको बताइएको छ।

ह्वावेलाई चाइना युनिकमको निजी फाइभजी नेटवर्क र प्रोडक्ट सिस्टमहरुको आवश्यक परेदेखि उक्त दुई कम्पनीले संयुक्तरुपमा कार्य थालनी गरेको बताइएको छ। साथै ब्रान्डले संयुक्त रूपमा माछा मार्ने डुङ्गाहरूमा प्रणालीको लागि फाइभजी प्रविधि विकास गरेको बताइएको छ। फाइभजी ले गर्दा समुद्रमा रहेका मानिसहरूले क्लाउड कम्प्युटिङ आईओटी (इन्टरनेट अफ थिंग्स) बैदू पोजिशनिङ टेक्नोलोजी र सुधारिएको कनेक्टिभिटीमा पहुँच पाउने उल्लेख गरिएको छ।

साथै फाइभजीले माछा मार्ने डुङ्गाहरूलाई समुद्रमा गतिशील मौसम अनुगमन गर्नको लागि मद्दत पुर्याउनेछ। उक्त डुङ्गाहरूमा ३.५जी फ्रिक्वेन्सी ब्यान्डको ठूलो ब्यान्डविथबाट विभिन्न फाइदाहरू प्रदान गर्ने फाइभजी मेटाएएयू अल्ट्रा लार्ज स्केल एन्टेना एरेको साथ आउने बताइएको छ।

त्यसैगरी उक्त फाइभजी सेवाले समुद्रमा ६१ किलोमिटरको दायरा भित्र स्थिर ६० एमबीपीएस डाउनलोड स्पिड र २ एमबीपीएस अपलोड स्पिड पनि कायम राख्न सक्ने उल्लेख गरिएको छ।

उक्त नयाँ डिजिटले फिशिङ बोटले माछा मार्ने मानिसहरूलाई समाचार हेरेर अद्यावधिक रहन, मौसमसम्बन्धी जानकारी प्राप्त गर्न र आफ्ना परिवारहरूलाई हाई डेफिनिसन भिडियो कल गर्न पनि सुविधा प्रदान गर्नेछ। यद्यपि माछा मार्ने मानिसहरूलाई समुद्रमा रहँदा आपतकालीन सहायता प्राप्त गर्नका लागि एक क्लिक एप मार्फत मद्दतको लागि सम्पर्क (कल) गर्न सक्ने बताइएको छ।

प्रकाशित: २१ माघ २०७९, शनिबार

तपाइको प्रतिक्रिया

ताजा समाचार