माइक्रोसफ्टको ओपनएआईद्वारा सञ्चालित फिचरसहित टिम्स प्रिमियर शुरु

  • Technology Khabar | २० माघ २०७९, शुक्रबार
माइक्रोसफ्टको ओपनएआईद्वारा सञ्चालित फिचरसहित टिम्स प्रिमियर शुरु

काठमाडौं ।

माइक्रोसफ्ट टिम्स प्रिमियम ओपनएआईको जीपीटी ३.५ एआई भाषा मोडलद्वारा सञ्चालित फिचरसहित उपलब्ध भएको छ।

माइक्रोसफ्ट टिम्सको नयाँ प्रिमियम टियरमा एक इन्टिलिजेन्ट रिक्याप फिचर समावेश छ। जसले स्वचालित रूपमा नोटहरू, टास्क र बैठकहरूको हाइलाइटहरू उत्पन्न गर्ने दभर्जले उल्लेख गरेको छ।

जीपीटी ३.५ का साथ साथ ब्रान्डेड मिटिंग्स, कस्टम मिटिङ टेम्प्लेटहरू, र वाटरमार्किङ लगायत फिचर मिटिङ सामग्रीलाई उत्कृष्ट ढंगबाट सुरक्षित राख्छ।

इन्टिलिजेन्ट रिक्याप माइक्रोसफ्ट टिप्स प्रिमियका लागि ठूलो नयाँ थप हो। यसले प्रयोगकर्ताहरुलाई प्रति महिना ७ अमेरिकी डलर प्रगोगकर्ता प्रारम्भिक मूल्य (३० जूनबाट १० अमेरिकी डलर प्रति महिना) भुक्तानी गरेर यो कत्तिको उपयोगी हुनेछ भनेर विचार प्राप्त गर्न सक्छन्। इन्टिलिजेन्ट रिक्याप मिटिङ नोट र हाइलाइट जेनरेट गर्नका लागि ओपनएआईको जीपीटी ३.५ मोडल उपयोग गर्छ। यदि तपाई बैठकमा उपस्थित हुनुहुन्न भने पनि।

अहज परिस्थितिमा मिटिङ आयेजित हुँदा वा कर्मचारीहरु विभिन्न समय क्षेत्रहरुमा वा कार्यालय बाहिर हुँदा यसले धेरै सजिलो बनाउँछ।

प्रकाशित: २० माघ २०७९, शुक्रबार

तपाइको प्रतिक्रिया
Loading comments...