भारतमा स्मार्टफोन सस्तो हुने

  • Technology Khabar | १८ माघ २०७९, बुधबार
भारतमा स्मार्टफोन सस्तो हुने

काठमाडौं ।

भारतको केन्द्रीय अर्थ मन्त्री निर्मला सीतारमणले बजेट २०२३ मा स्मार्टफोनका लागि विशेष घोषणा गरेकी छिन्। यस घोषणाबाट स्मार्टफोन ग्राहक र ग्राहकलाई फाइदा मिल्ने जागरणले उल्लेख गरेको छ।

बजेट सार्वजनिक भएसँगै भारतमा स्मार्टफोन पहिलाको भन्दा सस्तो हुने अपेक्षा गरिएको छ।

भारतमा मोबाइल फोन निर्माण बढेको बजेट वक्तव्यको क्रममा सीतारमणले बताइन्। आर्थिक वर्ष २०१५ मा भारतमा ह्यान्डसेट उत्पादन ५.८ करोड यूनिट थियो भने अहिले यो बढेर ३१ करोड यूनिट पुगेको छ। उनको अनुसार पूरा आर्थिक वर्षमा कुल २.७५ लाख करोड भारु मूल्य बराबरको स्मार्टफोन निर्माण भएको छ।

बजेटमा स्मार्टफोन

निर्मला सीतारमणले चालु वर्षको बजेट प्रस्तुत गर्दै सरकारले स्मार्टफोनको भन्सार शुल्कमा छुट दिने घोषणा गरेकी छिन्। भारत सरकारले स्मार्टफोनमा प्रयोग हुने क्यामरा लेन्स र ब्याट्री लगायत अन्य पार्टस्मा पनि सीमा शुल्मा राहत दिनेछ। साथै मन्त्रीले अर्को वर्षसम्म लिथियम आइरन सेल्समा पनि छुट जारी रहने बताएकी छिन्।

बजेटसँग भारतीय उपभोक्ताले विगतको भन्दा सस्तोमा स्मार्टफोन खरिद गर्न सक्नेछन्। यो घोषणाबाट स्मार्टफोन उत्पादक र प्रयोगकर्ता उत्साहित भएका छन्।

नयाँ घोषणाबाट आकर्षित भएर विदेशी स्मार्टफोन कम्पनीले भारतमा आफ्नो लगानी पनि बढाउन सक्नेछन्। साथै भारती कम्पनीले पनि आफ्नो साझेदारी बढाउन सक्छन्।

प्रकाशित: १८ माघ २०७९, बुधबार

तपाइको प्रतिक्रिया
Loading comments...