शाओमीका उत्पादनहरु शून्य प्रतिशत ईएमआईमा

  • Technology Khabar | १८ माघ २०७९, बुधबार
शाओमीका उत्पादनहरु शून्य प्रतिशत ईएमआईमा

काठमाडौं ।

ग्लोबल टेक्नोलोजी लिडर शाओमीले आफ्नो उत्पादनहरु शून्य प्रतिशत ईएमआईमा प्रदान गर्ने भएको छ। कम्पनीले नबिल बैंकसँगको सहकार्यमा आफ्ना शाओमी, पोको र रेडमीका स्मार्टफोन, टिभिलगायत ल्याप्टपमा ईएमआई सुविधा दिने भएको हो।

अफर लन्चको बारेमा बोल्दै शाओमीका कन्ट्री जेनेरल म्यानेजर अमितकुमार पन्डाले भने, ‘हाम्रा उत्पादनहरुलाई अत्यन्तै रुचाउनु हुने हाम्रा मी फ्यानहरुसँग मिलेर हामीले यो वर्षको शुरुवात गर्ने सोचेका छौं। मीले नेपालमा पहिलो पल्ट यस्तो ० प्रतिशत ईएमआईको सुविधा ल्याएको हो। देशलाई अझै डिजीटल्ली कनेक्ट गर्ने उद्देश्य सहित, बिनाकुनै आर्थिक झन्झट बिना लेटेस्ट शाओमी, पोको र रेडमी उत्पादनहरु प्रयोग गर्ने उपभोक्ताहरुको चाहनालाई सम्बोधन गर्नको लागि हामीले यो अफर ल्याएका हौं। यो अफरसँगै बढी भन्दा बढी उपभोक्ताहरुले सहज र सरल तरिकाले हाम्रो उत्पादनहरु प्रयोग गर्न पाउनुहुनेछ भन्ने हामीले विश्वास लिएका छौं। त्यस्तै हाम्राउपभोक्ताहरु पनि यो अफरसँगै बेस्ट मोबाइल डिल पाउनउत्साहितहुनुहुनेछ भन्ने हामीले सोचेका छौं।’

योसँगै अब उपभोक्ताहरुले साओमी, पोको र रेडमीका टिभी, ल्यापटप, लगायत स्मार्टफोनमा ० प्रतिशत ईएमआईको सुविधासँगै आफुलाई डिजिटल्ली अपडेटेड राख्न सक्नेछन्। यो अफर नबिल बैंकको क्रेडिट कार्ड मार्फत खरिद गर्दा ६ महिना सम्मको लागि लागु हुनेछ। त्यस्तै नयाँँ क्रेडिट कार्ड प्रयोगकर्ताहरुको लागि पहिलो वर्षको वार्षिक शुल्क पनि मिनाहा गरिएको छ।

प्रकाशित: १८ माघ २०७९, बुधबार

तपाइको प्रतिक्रिया
Loading comments...

ताजा समाचार