काठमाडौं ।
फोर्डले एक्सटेन्डेट रेञ्ज ब्याट्रीको मूल्य करिब १९ प्रतिशतले कम गर्नुका साथै आफ्नो ईभीको कुल मूल्यमा ८ प्रतिशत कटौती गर्दै फोर्ड मस्टाङ म्याच ईमा ५,९०० अमेरिकी डलरले घटाइएको छ।
अब एन्ट्री लेभल मोडल करिब ६०० देखि ९०० अमेरिकी डलर सस्तो पर्नेछ। रोयटर्सका अनुसार हाल उपभोक्ताहरु फोर्ड मस्ट्याङ म्याच ई डेलिभरीको प्रतिक्षामा बसेकाहरुले स्वचालित रुपमा मूल्य कटौती प्राप्त गर्नेछन्।
कम्तिमा एउटा भेरियन्ट पुनः ७ हजार ५०० अमेरिकी डलर संघीय कर क्रेडिको लागि योग्य छ। यो ५५ हजार डलर वा कम बजार मूल्य भएको ईभीमा लागू हुनेछ।
यदि तिनीहरुसँग अधिकतम बजार मूल्य ८० हजार अमेरिकी डलर छ भने एयूभीएस, भ्यान र पिकअप ट्रकहरु क्रेडिटको लागि योग्य छन्। तर आन्तरिक राजश्व सेवाले म्याच ईलाई एसयूभीमा वर्गिकरण गर्दैन।
गत अगस्टमा फोर्डले २०२२ ट्रिमको तुलनामा नयाँ अर्डरको लागि म्याच–ईको मूल्य लगभग २,६०० र ८,००० डलरको बीचमा बढाएको थियो।
कम्पनीले मूल्यवृद्धिको कारणको रुपमा महत्वपूर्ण सामग्री लागत वृद्धि, प्रमुख आपूर्ति श्रृंखलाहरूमा निरन्तर तनाव र द्रुत रूपमा विकसित बजार अवस्था लाई दिएको छ। तर, ती समस्या केही हदसम्म कम भएको देखिन्छ।
प्रकाशित: १८ माघ २०७९, बुधबार