काठमाडौं ।
स्पोटीफाइको प्रिमियम सब्स्क्राइबर २०५ मिलियन पुगेको छ। कम्पनीले सार्वजनिक गरेको वित्तीय विवरण अनुसार २०२२ को चौथो क्वाटरमा १० मिलियनले सब्स्क्राइबर बढेर २०५ मिलियन पुगेको हो। कम्पनीले ३.१७ बिलियन युरो राजश्व संकलन गरेको छ। कम्पनीको सब्स्क्राइबर संख्या र बिक्री दुवै बढेको देखिएको इनग्याजेडले उल्लेख गरेको छ।
हाल कम्पनीसँग एड सपोर्टेड र पेड सब्स्क्राइबरसहित मासिक ५०० मिलियन सक्रिय प्रयोगकर्ता छन्।
यद्दपि कम्पनीको घाटा भने चुलिँदो क्रममै रहेको छ। गत वर्ष कम्पनीले २७० मिलियन युरो घाटा व्यहोरेको छ। गत वर्षको सोही अवधिमा कम्पनीको घाटा ३९ मिलियन युरो थियो। यस्तो हुनुको कारणलाई कम्पनीका प्रमुख कार्यकारी ड्यानियल एकले ‘धेरै महत्वाकांक्षी’ भनेका छन्। २०२२ मा कम्पनीले खुल घाटा ४३० मिलियन युरो र राजश्वमा ११.७ मिलियन युरो भनेर रिपोर्ट गरेको छ।
स्पोटीफाइले घाटा मुख्यतया हेडकाउनट वृद्धिले गर्दा उच्च कर्मचारी लागत र उच्च विज्ञापन लागत तथा मुद्रामा देखिएको उतार चढाव भएको बताएको छ। यसको प्रभाव स्वरुप कम्पनीले आफ्नो कार्यबलको ६ प्रतिशत कर्मचारीलाई पद मुक्त गर्ने निर्णयमा पुगेको छ।
प्रकाशित: १८ माघ २०७९, बुधबार