रियलमी जीटी नियो५ २४० वाट चार्जिङ सहित फेब्रुअरी ९ मा आउँदै

  • Technology Khabar | १८ माघ २०७९, बुधबार
रियलमी जीटी नियो५ २४० वाट चार्जिङ सहित फेब्रुअरी ९ मा आउँदै

काठमाडौं ।

रियलमी जीटी नियो५ २४० वाटको फास्ट चार्जिङ फिचर गर्ने पहिलो समार्टफोन हुने भएको छ। साथै उक्त फोन फेब्रुअरी ९ मा घोषणा गरिने उल्लेख गरिएको छ। ब्राण्डले उक्त लन्च चीनको स्थानीय समय अनुसार दिनको २ बजे हुने खुलासा गरेको छ।

उक्त नयाँ फोनको बारेमा आधिकारिक जानकारीहरु निकै दुर्लभ रहेको उल्लेख गरिएको छ। यद्यपी केहि विश्वसनीय लीकस्टरहरू मार्फत उक्त नयाँ फोनको बारेमा धेरै अफवाहहरू बाहिरिएको बताइएको छ। जीटी नियो५ मा स्न्यापड्रागन ८प्लस जेन १ चिपसेट समावेश गरिएको अपेक्षा गरिएको छ। त्यसैगरी केवल १५० वाटको फास्ट चार्जिङ सपोर्ट गर्ने डाईमेनसिटि ८२०० सहितको अर्को संस्करण नि रहेको उल्लेख गरिएको छ।

साथै ओप्पो ब्रान्डको फाइन्ड एन२ र रेनो९ प्रो प्लस स्मार्टफोनहरूमा जस्तै जीटी नियो५ मा आईएमएक्स८९०० सेन्सर र ओआईएस सहित ५० मेगापिक्सेलको मुख्य क्यामेरा रहेको अन्य रिपोर्टहरूले उल्लेख गरेको छ। त्यसैगरी उक्त फोनमा १४४हर्ज रिफ्रेस रेट र २७७२ वाई १२४० पिक्सेलको रिजोल्युसनको साथ ६.७ इन्चको एमोलेड स्क्रिन रहने सम्भावना भएको उल्लेख गरिएको छ।

प्रकाशित: १८ माघ २०७९, बुधबार

तपाइको प्रतिक्रिया
Loading comments...