अनलाइनबाट बेचिने औषधिको नियमन गर्नुपर्छः स्वास्थ्य राज्यमन्त्री डा. कार्की

  • Technology Khabar | १७ माघ २०७९, मंगलवार
अनलाइनबाट बेचिने औषधिको नियमन गर्नुपर्छः स्वास्थ्य राज्यमन्त्री डा. कार्की

काठमाडौं ।

स्वास्थ्य तथा जनसंख्या राज्यमन्त्री डा. तोसिमा कार्कीले सामाजिक सञ्जालबाट आफ्नै ढंगले प्रचार गरी बजारमा विभिन्न खालका औषधिहरुको बिक्री भइरहेको भन्दै नियममन गर्ने संयन्त्र बनाउन आवश्यक रहेको बताएकी छिन्।

मंगलबार औषधि व्यवस्थापन विभागको अनुगमन र ब्रिफिङ कार्यक्रममा उनले सीमित जनशक्ति र स्रोतका बाबजुद औषधि अनुगमनलाई सङ्कुचित नगर्न भन्दै सामाजिक संजाल बेचिने औषधिहरुको पनि नियममन गर्ने संयन्त्र बनाउनुपर्ने बताईन्। उनले अनलाइन सपिङ र औषधिको विज्ञापनतिर नियमन गर्नुपर्ने बताईन्।

“बजारमा दाँत चम्काउने, कपाल उमार्ने र पाचन प्रणालीलाई राम्रो बनाउने भनिएका औषधिका विज्ञापनहरुको गुणस्तर कस्ले मापन गरिरहेको छ ?यसको तथ्याङ्क र समाधानका बाटाहरु के–के हुन सक्छन् यसका उपायसहित आउनूहोस्,” उनले भनिन्।

‘फर्मास्युटिकल प्रोडक्ट, न्युट्रासेटिकल प्रोडक्टहरु, कस्मेस्युटिकल प्रोडक्ट्सहरु बजारमा आउनु भन्दाअघि डिडिएमा देखाउनुपर्ने, औषधि विभागमा देखाउनुपर्ने र अनुमति लिनैपर्ने व्यवस्था गर्न आवश्यक छ,’ उनले भनिन् ।

उनले बजारमा अहिले धेरै प्रकारका विज्ञापनहरुको आफूखुशी प्रयोग हुने र औषधिहरु पनि जथाभावी बेच्ने काम भइरहेको भन्दै त्यसलाई नियन्त्रण र नियमन गर्न जरुरी भएको बताइन् ।

‘नागरिकसमक्ष प्रत्यक्ष जोडिएको स्वास्थ्यको विषयमा कुनै कम्परमाइज गर्नु हुँदैन, सामाजिक सञ्जालबाट र अनलाइन सपिङ गर्नेकुरा अत्यधिक भइरहेकाले त्यसलाई नियमन र नियन्त्रण नगरे अनलाइन सपिङ झनै भद्रगोल हुन्छ,’ उनले भनिन् ।

विभागले चालु आर्थिक वर्षमा गरेको तीन सय २६ नमुना परीक्षणमा न्यून गुणस्तर भएका औषधिको सङ्ख्या २३ वटा अर्थात् सात प्रतिशत रहेको छ।

प्रकाशित: १७ माघ २०७९, मंगलवार

तपाइको प्रतिक्रिया
Loading comments...

ताजा समाचार