शाओमीका ग्लोबल भाइस प्रेसिडेन्ट मनु कुमार जैनले छोडे कम्पनी

  • Technology Khabar | १७ माघ २०७९, मंगलवार
शाओमीका ग्लोबल भाइस प्रेसिडेन्ट मनु कुमार जैनले छोडे कम्पनी

काठमाडौं ।

शाओमीका ग्लोबल भाइस प्रेसिडेन्ट मनु कुमार जैनले ९ वर्षपछि आफ्नो पदबाट राजीनामा दिएका छन्। यो जानकारी जैनले आफ्नो आधिकारिक ट्विटर एकाउन्टमा ट्वीट गर्दै सेयर गरेका हुन्।

मनु कुमार जैनले ट्वीट गर्दै लेखेका छन्, ‘म भाग्यमानी छु। मैले पछिल्लो ९ वर्षमा यति धेरै माया पाएको छु कि अब बिदाइ भन्न गाह्रो भएको छ। तपाईं सबैलाई धन्यवाद। यो यात्राको अन्त्य र नयाँ युगको सुरुवात हो।”

जैनले आफ्नो नोटमा शाओमी आफ्नो कार्यकालमा भारतको नम्बर एक स्मार्टफोन ब्रान्ड बनेको बताएका छन्। कम्पनीका धेरैजसो स्मार्टफोन र स्मार्ट टिभीहरू भारतमा निर्माण गरिएका थिए र ५०,००० भन्दा बढी रोजगारीहरू पनि ल्याइएका थिए।

मनु कुमार जैन सन् २०१४ मा शाओमीमा आबद्ध भएका थिए र त्यसपछि उनले धेरै पदहरू सम्हालेका थिए। उनी सन् २०१४ देखि २०१७ सम्म तीन वर्षसम्म स्मार्टफोन ब्राण्डको भारत क्षेत्रको प्रबन्ध निर्देशक बने। त्यसपछि उनी कम्पनीको अध्यक्षमा नियुक्त भएका हुन्। मनु कुमान जैन हाल शाओमी समूहका ग्लोबल उपाध्यक्ष थिए।

यो ठूलो फेरबदलपछि अब मनु जैन मुकेश अम्बानीको कम्पनी रिलायन्स जियोमा आबद्ध हुन सक्ने चर्चा पनि बढेको भारतीय मिडियाहरुले उल्लेख गरेका छन्।

प्रकाशित: १७ माघ २०७९, मंगलवार

तपाइको प्रतिक्रिया
Loading comments...

ताजा समाचार