फेसबुकमाथि प्रयोगकर्ताको स्मार्टफोनको ब्याट्री खपत गराउने बनाएको आरोप

  • Technology Khabar | १७ माघ २०७९, मंगलवार
फेसबुकमाथि प्रयोगकर्ताको स्मार्टफोनको ब्याट्री खपत गराउने बनाएको आरोप

काठमाडौं ।

सामाजिक सञ्जाल साइट फेसबुकका एक पूर्व कर्मचारीले फेसबुक र मेसेन्जरमा जानाजान आफ्ना प्रयोगकर्ताको स्मार्टफोनको ब्याट्री खाली गर्ने वा ब्याट्री खपत गराउने क्षमता भएको आरोप लगाएका छन्। यसका लागि ‘नेगेटिभ टेस्टिङ’ प्रयोग गरिन्छ। यो प्रक्रिया मार्फत प्रविधि कम्पनीहरूले एपको फिचर परीक्षणका लागि प्रयोगकर्ताको फोनको ब्याट्री गोप्य रूपमा खाली गर्न सक्छन्।

समाचार रिपोर्टकाअनुसार फेसबुकको मुख्य कम्पनी मेटाका पूर्व कर्मचारी जर्ज हेवार्डले यो आश्चर्यजनक दाबी गरेका हुन्। जर्जले यो परीक्षण गर्न अस्वीकार गरेको बताए। यसबाट कसैलाई नोक्सान हुन सक्ने उनले आफ्नो प्रबन्धकलाई भनेका थिए। तर प्रबन्धकले कम्पनीले थोरैलाई हानि गरेर ठूलो संख्यामा प्रयोगकर्ताहरुलाई मद्दत गर्न सक्ने जवाफ दिएका थिए। पछि जर्जलाई कम्पनीबाट बर्खास्त गरियो। यसपछि उनले अमेरिकाको म्यानहट्टनको संघीय अदालतमा मेटाविरुद्ध मुद्दा दायर गरेका छन् । यसमा फेसबुक प्रयोगकर्ताहरूलाई सबैभन्दा बढी आवश्यक परेको बेला आफ्नो फोनमा पहुँच नपाउने जोखिम रहेको बताएको छ।

जर्जको तर्फबाट उपस्थित वकिलले भने, “यो अवैध हो र धेरै खराब हो जुन कसैले मेरो फोनको ब्याट्रीमा गडबड गर्न सक्छ।” मेटामा आफ्नो कामको क्रममा, कम्पनीले जर्जलाई कसरी नेगेटिभ परीक्षण गर्ने भनेर प्रशिक्षण कागजात प्रदान गरेको थियो। यसमा मेटाले विगतमा पनि यस्ता परीक्षण गरेको बताइएको छ। यसबारे मेटाले कुनै प्रतिक्रिया दिएको छैन्।

गत वर्षको अन्त्यमा, मेटाले ह्याकरहरूलाई प्रयोगकर्ताका खाताहरूमा पहुँच दिने बदलामा घुस लिएको आरोपमा दुई दर्जन भन्दा बढी कामदार र कन्ट्र्याक्टरहरूलाई बर्खास्त गरेको थियो। तीमध्ये केही कामदारले हजारौं डलर घुस लिएर ह्याकरहरूलाई सहयोग गरेका थिए। वाल स्ट्रिट जर्नलमा प्रकाशित एक रिपोर्टमा यी मध्ये केही कामदारले गलत माध्यमबाट प्रयोगकर्ताको खाता कब्जा गरेको बताइएको छ।

फेसबुक, इन्स्टाग्राम र ह्वाट्सएप सञ्चालन गर्ने मेटामा ३.७ अर्बभन्दा बढी प्रयोगकर्ताको डाटा छ र यसका कारण कम्पनी र यसका प्रयोगकर्ता धेरै पटक ह्याकरको निशानामा परेका छन् ।

प्रकाशित: १७ माघ २०७९, मंगलवार

तपाइको प्रतिक्रिया
Loading comments...

ताजा समाचार