
काठमाडौं ।
चिनियाँ स्मार्टफोन ब्राण्ड अनरले बार्सिलोनामा मोबाइल वर्ल्ड कंग्रेस (एमडब्लुसी) को अवसर पारेर फेब्रुअरी २७ को लागि एक कार्यक्रम तय गरेको छ। कम्पनीले म्याजिक ५ सिरिज लन्च गरिने र म्याजिक भीएसलाई विश्व बजारमा ल्याइने बताइएको छ।
अनर ईयूका अध्यक्ष टोनी रनले फोल्डेबलको आगमन कुनै आश्चर्यको कुरा नभएको र उनले पहिले नै एक अन्तर्वार्तामा उक्त फोन २०२३ को पहिलो त्रैमासिकमा आउने वाचा गरेका थिए ।
जीएसएमएरिनाको रिपोर्टअनुसार अनर म्याजिक ५ लाइनअप अन्तर्गत स्न्यापड्रागन ८ जेन २ चिपसेटमा आधारित भेनीला भर्सन, प्रो भर्सन र अल्टिमेट गरी तीनओटा फोनहरु रहन सक्ने अपेक्षा गरिएको छ।
त्यसैगरी गुगल प्ले कन्सोलमा स्न्यापड्रागन ६९५ चिपसेटमा आधारित लाइट डिभाइस पनि देखा परेको उल्लेख गरिएको छ। उक्त डिभाइस पनि बार्सिलोनाको लन्च ईभेन्टमा आउने सम्भावना रहेको उल्लेख गरिएको छ।
प्रकाशित: १७ माघ २०७९, मंगलवार