प्योर ईभीको ईकोड्रिफ्ट इलेक्ट्रिक मोटरसाइकल सार्वजनिक, रेञ्ज १३५ किलोमिटर

  • Technology Khabar | १७ माघ २०७९, मंगलवार
प्योर ईभीको ईकोड्रिफ्ट इलेक्ट्रिक मोटरसाइकल सार्वजनिक, रेञ्ज १३५ किलोमिटर

काठमाडौं ।

दुई पांग्रे इलेक्ट्रिक सवारी उत्पादक प्योर ईभीले भारतमा नयाँ इलेक्ट्रिक मोटरसाइकल सार्वजनिक गरेको छ। हैदरवादको कम्पनीले प्योर ईभी ईकोड्रिफ्ट इलेक्ट्रिक मोटरसाइकल सार्वजनिक गरेको हो। इकोड्राइफ्टको मूल्य ९९ हजार ९९९ हजार भारु एक्स शोरुम दिल्ली (राज्य सरकारको अनुदानसहित) तोकिएको छ।

ईकोड्रिफ्टले सिंगल चार्जमा १३५ किलोमिटर रेञ्ज प्रदान गर्ने कम्पनीले दाबी गरेको फाइनान्सियलएक्सप्रेसले उल्लेख गरेको छ।

नयाँ प्योर ईभी ईकोड्रिफ्टमा एआईएस १५६ सर्टिफाइड ३.० किलोवाट आवरको ब्याट्री छ। मोटरसाइकलमा दिइएको ३ किलोवाटको इलेक्ट्रिक मोटरले ७५ किलोमिटर प्रति घण्टाको अधिकतम गति प्रदान गर्ने बताइएको छ।

डिजाइनको हिसाबले, ईकोड्रिफ्ट एक आधारभूत कम्युटर मोटरसाइकल हो जसमा एङ्गुलर हेडल्याम्प, पाँच–स्पोक एलोय ह्वील, सिंगल–पीस सिट लगायत फिचरहरु छन्। यो इलेक्ट्रिक मोटरसाइकल ४ कलर भेरियन्ट कालो, खैरो, निलो र रातोमा उपलब्ध हुनेछ।

प्योर ईभीका सह–संस्थापक र प्रमुख कार्यकारी अधिकृत रोहित वडेराले भने, ‘पछिल्लो दुई महिनामा हामीले टेस्ट ड्राइभका लागि हाम्रो १०० भन्दा बढी डिलरशिप प्यान इन्डियामा डेमो गाडीहरू उपलब्ध गराएका छौं र उपभोक्ताहरूबाट असाधारण प्रतिक्रिया प्राप्त गरेका छौं। अब हाम्रा सबै डिलरशिपहरूमा ईकोड्रिफ्ट बुकिङ लागि खुला छन्। ग्राहकहरूलाई गाडीहरूको पहिलो ब्याचको डेलिभरी मार्चको पहिलो हप्ताबाट शुरु हुनेछ।’

प्रकाशित: १७ माघ २०७९, मंगलवार

तपाइको प्रतिक्रिया
Loading comments...