चीनमा फाइभजी ग्राहकहरूको संख्या एक अर्बभन्दा बढी

Technology Khabar १७ माघ २०७९, मंगलवार

काठमाडौं ।

चिनियाँ टेलिकम अपरेटर चाइना मोबाइलले डिसेम्बर २०२२ मा मात्रै फाइभजी सेवाका ३ लाख २५ हजार मोबाइल ग्राहक थपेको छ।

कम्पनीले नोभेम्बरमा १४ लाख २० हजार मोबाइल ग्राहक थपेको तुलनामा, र अक्टोबरमा झन्डै ७ लाख ८६ हजार मोबाइल ग्राहकहरू गुमेको देखिएको छ।

चाइना मोबाइल स्थानीय बजारमा उक्त महिनामा सबैभन्दा ठूलो मोबाइल अपरेटर बनेको छ, र डिसेम्बरको अन्त्यमा कम्पनीसँग कुल ९७ करोड ५० लाख मोबाइल ग्राहकहरू छन्।

उता अर्को अपरेटर चाइना टेलिकमले डिसेम्बरको अन्त्यमा कुल ३९ करोड १ लाख ८ हजार प्रयोगकर्ताहरूका साथमा महिनामा १ लाख प्रयोगकर्ताहरू मात्र थपेको थियो।

प्रकाशित: १७ माघ २०७९, मंगलवार

तपाइको प्रतिक्रिया