सामाजिक सञ्जालको दुरुपयोग गरी महिलाको चरित्रहत्या गर्ने खड्का पक्राउ

  • Technology Khabar | १६ माघ २०७९, सोमबार
सामाजिक सञ्जालको दुरुपयोग गरी महिलाको चरित्रहत्या गर्ने खड्का पक्राउ
सांकेतिक तस्विर

काठमाडौं ।

सामाजिक सञ्जालको दुरुपयोग गरी चरित्रहत्या गर्ने दोलखा मेलुङ गाउँपालिका वडा नं ७ खड्काथोक बस्ने वर्ष २४ को अर्जुन खड्का पक्राउ परेका छन्।

महिलाको चरित्रहत्या गरेको आरोपमा प्रहरीले खड्कालाई पक्राउ गरेको हो।

सामाजिक सञ्जाल फेसवुकमा पीडित महिलासंग भेटघाट तथा चिनजान भई साथी बनि म्यासेञ्जरमा कुराकानी गर्दै जाने क्रममा प्रेम सम्वन्धमा रहँदा शारीरिक सम्बन्ध हुँदाको अश्लिल फोटो तथा भिडियो पीडित जाहेरवाला साथीको फेसवुक म्यासेञ्जरमा अश्लिल फोटो÷भिडियोहरु पठाई पीडितलाई अनावश्यक दुःख, हैरानी दिने, समाजमा पीडितको चरित्रहत्या, बदनाम, बेईज्जत हुने कार्य खाड्काले गर्दै आएको प्रहरीको सूचना उल्लेख छ।

खड्कालाई विद्युतीय कारोवार ऐन, २०६३ अन्तर्गतको कसूरमा काठमाडौं जिल्ला अदालतबाट पक्राउ अनुमति लिई माघ १५ गतेको आदेशले दिन ७ (सात) म्याद थप भई आवश्यक अनुसन्धान कार्य भई रहेको छ।

प्रकाशित: १६ माघ २०७९, सोमबार

तपाइको प्रतिक्रिया
Loading comments...