
काठमाडौं ।
सन् २०२४ सम्ममा एप्पलले नयाँ आईपयाडहरू लन्च गर्ने कुनै पनि योजना नबनाएको मिङ–ची कुओले पछिल्लो नोटहरूमा उल्लेख गरेका छन्।
कम्पनीले अब अर्को ९–१२ महिना सम्ममा केहि पनि रिलिज नगर्ने विश्लेषकले खुलासा गरेका हुन। त्यसपश्चात, पहिलो पङ्क्तिमा आईप्याड मिनी घोषणा गरिने र उक्त आईप्याड मिनीको मास प्रोडक्सन २०२४ को पहिलो क्वाटरबाट थालिने अपेक्षा गरिएको छ।
त्यसैगरी कुओले फोल्डेबल आईप्याड भने २०२४ मा आउने भनी जानकारी दिएका छन्। मुख्यरुपमा यसबाट कार्बन फाइबर किकस्ट्याण्ड बनाउने सुजोउको एक निर्माता एन्जी टेक्नोलोजीलाई फाइदा हुने उल्लेख गरिएको छ। साथै कम्पनीले भविष्यमा किकस्ट्यान्ड भएका फोल्डेबल उपकरणहरूको बढ्दो प्रवृत्तिबाट लाभ उठाई रहन सक्ने उल्लेख गरिएको छ।
नयाँ उत्पादनहरुको अभावका कारण १० देखि १५ प्रतिशत सम्मको पूर्वानुमानित वार्षिक गिरावटसँगै एप्पलले ट्याबलेट ढुवानीको सन्दर्भमा २०२३ निकै कठिन हुने अपेक्षा गरिएको बताइएको छ। यद्यपी एप्पलको उक्त नयाँ मिनी र पहिलो फोल्डेबल डिभाइसको आगमनसँगै कम्पनीको ढुवानीलाई बढावा दिएर २०२४ मा उत्पादनको मिश्रणमा सुधार हुने अपेक्षा गरिएको छ।
नयाँ आईप्याड प्रो डिभाइसहरूमा ओएलईडी प्यानलहरू समावेश गरिने र विगतको भन्दा थोरै डायगोनल्स बढाएर ११ इन्चलाई ११.१ इन्च बनाइने र १३.१ इन्चको डिभाइसले १२.९ इन्चको भर्सनलाई प्रतिस्थापन गरिने धेरै स्रोतहरूले पत्ता लगाएको दाबी गरिएको छ। गत डिसेम्बरको एक रिपोर्टले १६ इन्चको आईप्याड आउन सक्ने भनेपनि केही समय पर्खिनु पर्ने उल्लेख गरेको छ।
तयसैगरी फोल्डेबल प्यानल २०.२५ इन्चको साइजमा उपलब्ध हुन सक्ने भनी एक रिपोर्टमा उल्लेख गरिएको बताइएको छ। उक्त फोल्डेबल प्यानलको आकार ह्याण्डहेल्ड डिभाइसको लागि ठूलो र असहज हुन सक्ने थप उल्लेख गरिएको छ।
प्रकाशित: १६ माघ २०७९, सोमबार