
काठमाडौं ।
पोको एक्स५ सिरिजको लन्च सँगै विश्व बजारमा पोकोले ठूलो कदम चाल्ने तरखरमा रहेको देखिन्छ। उक्त सिरिजको लाइनअपमा पाको एक्स५ र पोको एक्स५ प्रो रहेको र उक्त दुई डिभाइसलाई एकै दिन सार्वजनिक गरिने भएको छ।
विगतमा उक्त दुई फोनहरुको स्पेसिफिकेसन बारे व्यापक लीकहरु सार्वजनिक भएका थिए। त्यसैगरी रेण्डर्सले उक्त आगामी दुई फोनहरुको डिजाइनको बारेमा खुलासा गरेको उल्लेख गरिएको छ।
अनुमान गरिए अनुसार पोको एक्स५ प्रो रेडमी नोट १२ प्रो–स्पिड एडिसनको रिब्राण्डेड स्वोरुप रहेको उल्लेख गरिएको छ। त्यसैगरी भेनिला भने मोडिफाइड स्पेसिफिकेसन सहितको रेडमी नोट १२ फाइभजी रहेको बताइएको छ।
पाको एक्स ५ र पोको एक्स ५ प्रो को डिजाइनः
उक्त दुई पोको एक्स ५ र पोको एक्स ५ प्रो फोनहरु सेन्टर–अलाइन्ड पन्च–होल डिजाइनमा उपलब्ध हुने बताइएको छ। भेनिलाको भने हलुका–कर्भड् रियर डिजाइन रहेको र उक्त डिजाइन २.५डी ग्लास ईफेक्ट पनि हुन सक्नेछ। पोको एक्स५ प्रो मा फ्ल्याटर एजेस् रहेको बताइएको छ।
त्यसैगरी उक्त दुई डिभाइसहरुमा पोकोको सिग्नेचर बिग ब्ल्याक रेक्ट्याक्ङ्गल पनि रहेको बताइएको छ। क्यामरा आइल्याण्डको हाउस्पेसको रुपमा रहेको उक्त बिग ब्ल्याक रेक्ट्याक्ङ्गलमा पोकोको लोगो पनि समावेश गरिएको बताइएको छ। साथै उक्त दुई डिभाइस ट्रिपल क्यामरा सेटअपको साथ उपलबध हुने उल्लेख गरिएको छ।
लीक भएका रेण्डर्स अनुसार पोको एक्स५ ग्रे(खैरो) र ग्रीन(हरियो) गरी दुई रङ्गहरुमा उपलब्ध हुने बताइएको छ। पोको एक्स५ प्रो भने कालो, स्यान(हरियो र नीलो बीचको रंग) र पोको एल्लो(पहेँलो) गरी तीन भिन्न रङ्गहरुमा उपलब्ध हुने बताइएको छ। त्यसैगरी उक्त पोको एल्लो रङ्ग पछिल्ला पोको ह्याण्डसेटहरुको सिग्नेचर रङ्ग रहेको र फोनमा पावर बटनको लागि एल्लो एक्सेन्ट पनि समावेश गरिएको बताइएको छ। त्यसका साथै उक्त कलर अप्सनमा कालो फ्रेम पनि रहेको र यसले थप भिन्न लुक्स प्रदान गर्ने भनी उल्लेख गरिएको छ।
डिजाइनको तवरले भने ब्लु भेरियण्ट रेडमी नोट १२ प्रो स्पिडको आसपास आउने उल्लेख गरिएको छ। उक्त फोनमा बिग ब्ल्याकको सट्टामा फोनको रङलाई हार्मोनिक तरिकामा मेल खाने किसिमको भिन्न ब्लु टोन रहेको बताइएको छ।
साथै उक्त दुई फोनहरुको पावर बटनले फिङ्गरप्रिण्ट स्क्यानरको रुपमा पनि काम गर्ने भनी उल्लेख गरिएको छ।
पाको एक्स५ र पोको एक्स५ प्रो को कथित स्पेक्सहरुः
लिकहरुका अनुसार उक्त दुई पोको एक्स५ सिरिज फोनहरुमा १२० हर्जको रिफ्रेस रेट र फुल एचडी प्लस रिजोलुसन सहितको एमोलेड स्क्रिनहरु रहेको बताइएको छ। भेनीला एक्स५ मा क्वालकम स्न्यापड्रागन ६९५ फाइभजी समावेश गरिएको र उक्त चिपसेटको नै रेडमी नोट १२ फाइभजी मा गरिएको सबै भन्दा मुख्य परिवर्तन रहेको उल्लेख गरिएको छ। यद्यपी एसडी६९५ चिपसेट भेनीला नोट १२ को एसडी ४ जेन १ भन्दा पुरानो भएको बताइएको छ। त्यसैगरी उक्त एसओस्ी वास्तवमा गत वर्ष पोको एक्स प्रो फइभजी भित्र समावेश गरिएको सोही चिपसेट रहेकोे भनी बताइएको छ।
पोको एक्स५ प्रो मा भने स्न्यापड्रागन ७७८जी चिपसेट समावेश गरिउको बताइएको छ। साथै उक्त चिपसेट मिड–रेन्ज खण्डको लागि चारओटा एआरएम कोरटेक्स–ए७८ कोर्स र एड्रेनो ६४२एल जीपीयू सहितको निकै नै शक्तिशाली चिपसेट भएका उल्लेख गरिएको छ।
भेनीला पोको एक्स५ मा ४८ मेगापिक्सेलको मुख्य क्यामरा, ८ मेगापिक्सेलको अल्ट्रा र डेकोरेटिभ २ मेगापिक्सेलको सेनसर समावेश गरिएको बताइएको छ। साथै उक्त फोनमा १३ मेगापिक्सेलको सेल्फि क्यामरा रहेको बताइएको छ।। त्यसैगरी प्रो भर्सनमा भने १०८ मेगापिक्सेलको मुख्य क्यामरा, ८ मेगापिक्सेलको अल्ट्रा र डेकोरेटिभ २ मेगापिक्सेलको सेनसरका साथै १६ मेगापिक्सेलको सेल्फि क्यामरा समावेश गरिएको बताइएको छ।
अन्य स्पेक्सहरुमा आईआर ब्लास्टर, एनएफसी, स्टेरियो स्पिकर्स र ३.५ एमएम अडियो ज्याकहरु रहेको उल्लेख गरिएको छ। पोको एक्स५ मा ३३वाट फास्ट चार्जिङ सहितको ५०० एमएएचको ब्याट्री रहेको छ भने प्रो भर्सनमा ६७ वाट फास्ट चार्जिङ सहितको ५०० एमएएचको ब्याट्री रहेको उल्लेख गरिएको छ।
प्रकाशित: १६ माघ २०७९, सोमबार