आइस्पानको नेतृत्वमा सुधिर पराजुलीको दोस्रो इनिङ, सर्वसम्मतिमा नयाँ कार्यसमिति घोषणा

  • Technology Khabar | १६ माघ २०७९, सोमबार
आइस्पानको नेतृत्वमा सुधिर पराजुलीको दोस्रो इनिङ, सर्वसम्मतिमा नयाँ कार्यसमिति घोषणा

काठमाडौं ।

इन्टरनेट सेवा प्रदायक संघ नेपाल (आइस्पान)ले सुधिर पराजुलीको नेतृत्वमा नयाँ कार्यसमिति छनोट गरेको छ।

इन्टरनेट सेवा प्रदायक कम्पनीहरुको छाता संगठनको रुपमा रहेको आइस्पानको अध्यक्षमा सुधिर पराजुली दोस्रो कार्यकालका लागि सर्वसम्मतरुपमा चयन भएका हुन्।

लामो समयदेखि इन्टरनेट तथा केबल टिभी सेवामा सक्रिय पराजुली सुबिसु केबलनेट प्रालिका अध्यक्ष हुन्।

इन्टरनेट तथा केबल टिभी दुबै सेवा व्यवसायमा आबद्ध रहेका पराजुली केबल टिभी प्रसारकहरुको संस्था नेपाल केबल टिभी महासंघको अध्यक्ष समेत हुन्।

उनको नेतृत्वमा ९ सदस्यिय नयाँ कार्यसमितिसमेत सर्वसम्मत गठन भएको छ। आज बसेको आइस्पानको २२ औं साधारण सभाले आगामी २ वर्षका लागि नयाँ नेतृत्व छनोट गरेको हो।

साधारण सभामार्फत आइस्पानको उपाध्यक्षमा मनोज अग्रवाल चयन भएका छन्। उनी वर्ल्डलिंक कम्युनिकेसन्स लिमिटेडका संचालक हुन्।

आइस्पानको महासचिवमा एरोनेटका नविन कुमार श्रेष्ठ नै दोहोरिएका छन् भने वेब सर्फर नेपाल कम्युनिकेसन्सका सुरेन क्षेत्री सचिवमा चयन भएका छन्।

कोषाध्यक्षमा इस्टलिंक टेक्नोलोजीका पुस्कर सिंह बडाल नै दोहोरिँदा कार्यसमिति सदस्यहरुमा टेकमाइन्ड्सका कमल बास्तोला, डिशहोमका सुदिप आचार्य, मर्कन्टाइल कम्युनिकेसनका मधु अमात्य र सुजन थापा चयन भएका छन्।

त्यसैगरी आइस्पानको सल्लाहकारमा भायनेट कम्युनिकेसन्सका बिनय बोहरा, सुबिसुका विनय मोहन साउद र क्लासिक टेकका प्रमेश खनाललाई चुनिएको छ।

यस बाहेक कार्यगत समूह सदस्यमा विजेश पालिखे, रमेश काफ्ले र आशिष श्रेष्ठ चयन भएका छन्।

आइस्पानले सीईओ तथा सदस्य सचिवको रुपमा सुभाष खड्कालाई जिम्मेबारी तोकेको जनाएको छ।

नव नियुक्त अध्यक्ष पराजुलीले इन्टरनेट सेवाको क्षेत्रमा देखिएको समस्याहरु समाधान गर्न नयाँ कार्यसमितिले काम गर्ने टेक्नोलोजीखबरलाई बताए।

“यस क्षेत्र सम्बन्धित केहि विषयहरु छन्। त्यसलाई नयाँ कार्यसमितिले समाधान गर्ने र टु‌ंगोमा पुर्याउन पहल गर्नेछ,” उनले भने, “करका विषय, पोल भाडाका विषय तथा सेवाको बारेमा अन्य कुराहरुलाई ध्यानमा राखेर काम गर्नेछौं।”

प्रकाशित: १६ माघ २०७९, सोमबार

तपाइको प्रतिक्रिया
Loading comments...