
काठमाडौं ।
डिश मिडिया नेटवर्क लिमिटेड (डिशहोम)को अध्यक्षमा देवी प्रकाश भट्टचन चयन भएका छन्।
डिशहोम सञ्चालक समितिको बैठकले प्रभु समुहका अध्यक्ष तथा प्रतिनिधिसभा सदस्यसमेत रहेका भट्टचनलाई अध्यक्षमा चयन गरेको हो। उनी पुस २९ गते डिशहोमको अध्यक्षमा चयन भएका हुन्।
प्रभु ग्रुपका अध्यक्ष रहेका भट्चनले प्रभु बैंक, प्रभु लाइफ इन्स्योरेन्स, प्रभु इन्स्योरेन्स, प्रभु क्यापिटल, रेमिट्यान्स, हवाइ सेवा, सहकारी तथा सूचना प्रविधिलगायतका क्षेत्रमा लगानी गरिरहेका छन्।
यस अघि डिशहोमको अध्यक्षमा हेमराज ढकाल रहेका थिए।
पछिल्लो समय डिशहोमले बुक बिल्डिङ्गको माध्यमबाट सेयर जारी गर्ने योजना गरिरहेको छ। कम्पनीले हाल डिश सेवाका साथै इन्टरनेट सेवा समेत देशभर संचालन गरिरहेको छ।
प्रकाशित: १६ माघ २०७९, सोमबार