ह्वाट्सएपमा आफ्नो लाइभ लोकेसन आफन्त तथा साथीसँग कसरी सेयर गर्ने?

Technology Khabar १६ माघ २०७९, सोमबार

काठमाडौं ।

मेटाको स्वामित्व भएको व्हाट्सएपले आफ्ना प्रयोगकर्ताहरूका लागि धेरै उपयोगी फिचरहरु प्रदान गर्दै आइरहेको छ यस्तै एउटा फिचर लाइभ लोकेसन फिचर हो जसले प्रयोगकर्ताहरूलाई आफ्नो स्थान अन्य सम्पर्कहरूसँग व्हाट्सएपमा सेयर गर्ने अनुमति प्रदान गर्छ।

प्रयोगकर्ताहरूले एक व्यक्ति वा समूह च्याटका सहभागीहरूसँग निश्चित समयको लागि रियल टाइम लोकेसन सेयर गर्ने विकल्प पनि रोज्न सक्छन्।

व्हाट्सएप प्रयोगकर्ताहरूले आफ्नो लाइभ लोकेसन कहाँ र कति समयसम्म सेयर गर्ने भन्ने पनि नियन्त्रण गर्न सक्छन्। साथै प्रयोगकर्ताले कुनै पनि समयमा आफ्नो लाइभ लोकेसन सेयर बन्द पनि गर्न सक्छन्।

प्लेटफर्मले यस फिचरका लागि एन्ड टु एन्ड इन्क्रिप्सन पनि प्रदान गर्दछ। यसको मतलब प्रयोगकर्ताले सेयर गरेका व्यक्तिहरू बाहेक अन्यले लाइभ लोकेसन हेर्न सक्दैन।

लाइभ लोकेसन कसरी सेयर गर्ने

  •  मोबाइलमा ह्वाट्सएप खोल्ने
  •  लोकेसन सेयर गर्न चाहेको च्याटमा जाने र एट्याचमा ट्याप गर्ने
  •  लोकेसनमा ट्याप गर्ने र त्यस पछि सेयर लाइभ लोकेसनमा ट्याप गर्ने
  •  लाइभ लोकेसन सेयर गर्नका लागि समयको लम्बाइ चयन गर्न सकिन्छ। एक पटक चयन गरिएको समय समाप्त भएपछि लाइभ लोकेसन सेयर बन्द हुन्छ।
  • वैकलिप्क रुपमा कमेन्ट पनि एड गर्न सकिन्छ। पठाउनका लागि ट्याप गर्नु पर्नेछ।

लाइभ लोकेसन कसरी बन्द गर्ने

  •  ह्यावट्सएप खोल्ने र लाइभ लोकेसन बन्द गर्न चाहेको च्याटमा जाने
  • स्टप सेयरिङमा ट्याप गर्ने र फेरि स्टपमा ट्याप गर्ने

प्रकाशित: १६ माघ २०७९, सोमबार

तपाइको प्रतिक्रिया