Technology Khabar १६ माघ २०७९, सोमबार
काठमाडौं ।
भारत सरकारले डाटा गोपनीयता चिन्ताको कारण पहिले पब्जी र त्यसपछि बीजीएमआईमा प्रतिबन्ध लगाएको थियो। अब, यो भारतीय गेमिङ समुदायलाई ध्यानमा राखेर यी ब्याटल-रोयाल गेमहरूको नयाँ विकल्प ल्याउने संभावना रहेको छ।
यसअन्तरगत भर्खरै बहुप्रतिक्षित ‘इन्डो–फ्युचरिस्टिक’ ब्याटल रोयाल भिडियो गेम इन्डसको ट्रेलर सार्वजनिक भएको मिन्टले उल्लेख गरेको छ।
इन्डस ब्याटल रोयाल गेम पब्जी र फ्रन्टनाइटसँग मिल्दो जुल्लो फिचर भएको गेम हो।
यसमा खेलाडीहरू हवाईजहाजबाट नक्सामा आइपुग्छन् जहाँ उनीहरूले एक–अर्कासँग लड्नु पर्छ र खेलको विजेता बन्नको लागि अन्त्यसम्म गेममा रहनु पर्ने हुन्छ।
प्रकाशित: १६ माघ २०७९, सोमबार