सामसङ ग्यालेक्सी बुक३ ३६०, बुक३ प्रो र बुक३ प्रो ३६० ल्यापटपहरुको इमेज सार्वजनिक

Technology Khabar १६ माघ २०७९, सोमबार

काठमाडौं ।

सामसङको आगामी ग्यालेक्सी बुक३ सिरिज अन्तर्गतका ल्यापटपहरुका साथै ग्यालेक्सी एस२३ सिरिजहरु कम्पनीको फेब्रुअरी १ अनप्याक्ड ईभेन्टमा अनावरण गरिने भएको छ। सामसङको आगामी ग्यालेक्सी बुक३ ३६०, बुक३ प्रो र बुक३ प्रो ३६० ल्यापटपहरुको हाई–क्वालिटि रेण्डर्सहरु मार्फत सार्वजनिक भएको छ।

उक्त तीन मोडलहरुमा २८८०१८००पीएक्स (१६ः१०) सुपर एमोलेड टचस्क्रिन डिस्प्ले, ब्याकलिट किबोर्ड, ईन्टेलको १३ जेनेरेसनको प्रोसेसर, चार ओटा पोर्टहरु सहितको दुई ओटा थण्डरबोल्ट र वाई–फाई ६ई कनेक्टिभिटी समोवेहश गरिएको बताइएको छ। साथै उक्त ल्यापटपहरुमा यूएसबी–ए पोर्ट, एचडीएमआई पोर्ट, अडियो ज्याक र माईक्रोएसडी स्लट पनि रहेको उल्लेख गरिएको छ।

ग्यालेक्सी बुक३ ३६० मा १४–इन्चको स्क्रिन रहेको छ भने ग्यालेक्सी बुक३ प्रो मा १४–इन्च र १६–इन्च गरी दुई भेरिएण्ट उपलब्ध थएको उल्लेख गरिएको छ। साथै ग्यालेक्सी बुक३ प्रो ३६० मा १६–इन्चको प्यानल रहेको बताइएको छ। त्यसैगरी उक्त तीनओटै मोडलहरुमा कोर आई५–१३४०पी र कोर आई७–१३६०पी बिच छनोटको विकल्प रहेको र १६जीबी एलपीडीडीआर५ र्यामका साथै १टीबी सम्मको पीसीएलई ४.० एसएसडी समावेश गरिएको बताइएको छ। साथै ती सबै मोडेलहरूले विन्डोजलाई सामसङको ग्यालेक्सी इकोसिस्टमका मल्टि कन्ट्रोल, क्विक सेयर, प्राइभेट सेयर र ग्यालेक्सी नोटहरूले बुट गर्नेछन् भनी थप उल्लेख गरिएको छ।

त्यसैगरी १४–इन्च मोडेलमा ६३डब्लुएचको ब्याट्री रहेको छ भने १६–इन्च मोडेलमा ७६डब्लुएचको ब्याट्री रहेको उल्लेख गरिएको छ। साथै उक्त सबै मोडेलहरूमा ६५ डब्लु यूएसबी–सी पीडी चार्जिङ उपलब्ध भएको उललेख गरिएको छ।

ग्यालेक्सी बुक३ ३६० ले एस पेन(कलम) पनि सपोर्ट गर्ने थप उल्लेख गरिएको छ।

ग्यालेक्सी बुक३ प्रो मा स्टाइलसको लागि आवश्यक पर्ने डिजिटाइजर नभएतापनि ग्यालेक्सी बुक३ प्रो ३६०ले भने उक्त फिचरलाई सपोर्ट गर्ने भनी उल्लेख गरिएको छ।

ग्यालेक्सी बुक३ अल्ट्रा भने थप रोबस्ट कन्फिगुरेसनका साथ ४५वाट कोर आई९–१३९००एच सीपीयू, निभिडा आरटीएक्स ४०७०जीपीयू, ३२जीबी सम्मको र्याम र १टीबी सम्मको पीसीएलई ४.० एसएसडी समावेश गरिएको बताइएको छ। साथै उक्त ल्यापटपमा १३६ वाटको चार्जिङ सहितको ७६डब्लुएचको ब्याट्री रहेको उल्लेख गरिएको छ।

प्रकाशित: १६ माघ २०७९, सोमबार

तपाइको प्रतिक्रिया