अडीले २०२६ सम्म बजारमा २० नयाँ कार ल्याउने, कम्पनीको फोकस ईभी

Technology Khabar १६ माघ २०७९, सोमबार

काठमाडौं ।

अडीले आफ्नो सबैभन्दा ठूलो प्रोडक्सन लन्च गर्ने तयारी गरिरहेको छ। जर्मन लक्जरी कार ब्रान्डले सन् २०२६ सम्म २० नयाँ कार लन्च गर्ने घोषणा गरेको छ। यसमा मौजूदा इन्जिनबाट सञ्चालित हुने मोडलका साथै इलेक्ट्रिक सवारी पनि रहेको छ। अडीका डिजाइन प्रमुख मार्क लिचटे बेलायतको अटोएक्सप्रेससँगको कुराकानीमा यस योजनाको जानकारी दिएका हुन्।

कम्पनी आईसीई मोडल र अन्य भेरियन्टमा काम गरिरहेको लिचटेले बताए। यो अडी इतिहासको सबैभन्दा ठूलो प्रोडक्सन हुनेछ। आगामी साढे २ वर्षमा २० भन्दा धेरै कार पेश गरिनेछ। यसका साथै कम्पपनी ईभीएसमा पनि काम गर्दैछ। आगामी साढे २ वर्षमा अडीको इतिहासमा २० भन्दा धेरै कारका साथ सबैभन्दा ठूलो लाइन अप बजारमा आउने उनले बताए।

अटोमेकर अहिले ए६ ई ट्रोनमा केन्द्रित छ। ए६ ई ट्रोन परीक्षणको क्रममा छ।

प्रकाशित: १६ माघ २०७९, सोमबार

तपाइको प्रतिक्रिया