Technology Khabar १५ माघ २०७९, आईतवार
काठमाडौं ।
आईफोन र आईफोन प्रो बिचको फिचर ग्याप २०२३ को मोडलहरुमा बढ्न सक्ने संभावना देखिएको छ। लीक भएको एन्टेना डिजाइन (कागजात) डकुमेन्टका अनुसार आईफोन १५ प्रो र प्रो म्याक्समा वाईफाई ६ई कनेक्टिभिटी समावेश गर्ने भएपनि अन्य किफायती मोडलहरुमा भने यो समावेश नगरिने म्याकर्यूमर्सले रिपोर्ट गरेको छ।
उक्त डकुमेन्टमा आईफोन १५ लाइनको एन्टेना आर्किटेक्चर योजनाबद्ध रूपमा प्रतिनिधित्वात्मक रेखाचित्र रूपरेखा रहेको र आईफोन १५ र आईफोन १५ प्लसले पुरानो वाईफाई ६ई को प्रयोगलाई जारी राख्ने उल्लेख गरिएको छ।
एप्पलका नविनतम डिभाइस लगायत हालै मात्र घोषण गरिएको एम२ भेरियण्ट्सका म्याक मिनि, म्याकबुक प्रो र आईप्याड प्रो मा वाईफाई ६ई कनेक्टिभिटी देखिएको उल्लेख छ। यद्यपी कम्पनीको तर्फबाट भने उक्त फिचरहरुको बारेमा थप जानकारी रोल आउट हुन बाँकी रहेको छ।
वाईफाई ६ई लाई मिल्दो राउटर उपलब्ध भएको खण्डमा वाईफाई ६को भन्दा वाईफाई ६इ ले लोअर ल्याटेन्सीमा तिव्र गतिको कनेक्टिभिटी प्रदान गर्नेछ। धेरैजसो घर र व्यवसायहरूले पुरानो वाईफाई ५ र वाईफाई ६ राउटरहरू चलाउँदै आएको भएपनि आईफोन १५ र आईफोन १५ प्लस बाट वाईफाई ६इ ले अधिकांश उपभोक्ताहरूलाई नोक्सानी नहुने उल्लेख गरिएको छ।
म्याकरिउमर्सका अनुसार विगतमा एप्पलले आफ्नो आईफोन प्रो मोडलहरुमा नयाँ वाईफाई स्ट्याण्डर्डको उपलब्धता उपलब्धतालाई प्रतिबन्धित नगरेको बताइएको छ। आईफोन १४ लाइन भन्दा पहिले प्रो र स्ट्याण्डर्ड (मानक) मोडलहरु बीच फोटोग्राफीमा बाहेक अन्य खासै भिन्नताहरु थिएनन्। त्यसैगरी गत वर्ष आइफोन १४ प्रो र प्रो म्याक्स मोडलहरुमा मात्रै एप्पलको नयाँ ए१६ बायोनिक चिप, डायनामिक आइल्याण्ड कटआउट र प्रोमोशन डिस्प्ले समावेश गरिएको थियो।
कम्पनीले अब आफ्नो प्रो मोडेलहरूलाई साधारण मोडलहरुबाट फरक बनाउनका निम्ति थप तरिकाहरू खोजिरहेको बताईएको छ।
प्रकाशित: १५ माघ २०७९, आईतवार