
काठमाडौं ।
टीभीएस इलेक्ट्रिक दुई पांग्रे सवारी बजारमा प्रमुख खेलाडी पनि योजनामा काम गरिरहेको छ। कम्पनीले आगामी १८ महिनामा विभिन्न सेगमेन्टमा नयाँ इलेक्ट्रिक मोडल लन्च गर्ने तयारी गरेको ड्राइभस्पार्कले उल्लेख गरेको छ।
कम्पनीले ५ किलोवाट देखि २५ किलोवाट पावर आउटपुटको इलेक्ट्रिक दुई पांग्रेमा काम गरिरहेको छ।
कम्पनीले गत वर्ष आफ्नो आईक्यूब इलेक्ट्रिक स्कुटर अपडेट गर्दै नयाँ रेञ्जका साथ सार्वजनिक गरेको थियो।
टीभीएस अब इलेक्ट्रिक दुई पांग्रे स्पेसमा नयाँ सवारी ल्याउने तयारीमा रहेको कम्पनीका निर्देशक तथा सीईओ केएन राधाकृणनले यसको पुष्टि गरेका हुन्। टीभीएस इलेक्ट्रिक बाइकका साथ प्रिमियम इलेक्ट्रिक दुई पांग्रे स्पेसमा आउने छ। आईक्यूब ४.४ किलोवाट मोटरमा सञ्चालन हुन्छ। नयाँ मोडल यो भन्दा धेरै पावर फुल हुने सम्भावना छ। २५ किलोवाट आउटपुटका साथ कम्पनीले इलेक्ट्रिक मोटरसाइकल ल्याउनेछ।
राधाकृष्णनले आगामी ईभीको बारेमा धेरै जानकारी नदिए पनि आगामी सवारीले ग्राहकलाई खुसी दिने बताए।
टीभीएस हरेक क्वाटरमा आफ्नो ईभी बिक्री दुई गुणाले बढाउने योजनामा छ। आईक्यूब इलेक्ट्रिक स्कुटर कम्पनीको सबैभन्दा धेरै बिक्री हुने हाई स्पीड इलेक्ट्रिक स्कुटर मध्ये एक हो। कम्पनीले यसको वृद्धिदर कायम रहनेमा विश्वस्त छ।
प्रकाशित: १५ माघ २०७९, आईतवार